ओलीले राष्ट्रिय सरकारको प्रस्ताव अस्वीकार गरे : डा बाबुराम भट्टराई

आदर्श समाज सम्वाददाता
जेठ २, २०७८
baburam

पोखरा । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राष्ट्रिय सरकार बनाउन भनेको खुलासा गरेका छन्। भेटमा आफूले ओलीलाई राष्ट्रिय सरकार बनाउन आग्रह गरेको भए पनि उनले नमानेकाले यो विषय सार्वजनिक नगरेको बताएका छन्।

डा भट्टराईले आइतबार ट्विटरमा लेखेका छन्, ‘महाविपत्ति उन्मुख देशलाई निकास दिन मैले व्यक्ति ओली हैन प्रम ओलीलाई भेटेकै हो। मैले वर्तमान/ पूर्व प्रम बाहेकका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऊ भनेकै हो। उहाँले नमानेपछि अरूलाई नभनेको हुँ।’

उनले अझै पनि धारा ७६(५)बमोजिम बनाउन सकिने बताउँदै त्यसबारे सोच्न आग्रह गरेका छन्।

ओली निकट एमाले नेता महेश बस्नेतले एक टेलिभिजन अन्तर्वार्तामा डा भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर प्रधानमन्त्री पद मागेको अभिव्यक्ति दिएपछि भट्टराईको यो ट्विट आएको हो।

Related News

सम्बन्धित समाचार

hero news full width