पत्रकार महासंघ गण्डकी अध्यक्ष शर्मालाई पितृ शोक

आदर्श समाज सम्वाददाता
जेठ १, २०७८
narayan sharma father

पोखरा । नेपाल पत्रकार महासघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मालाई  पितृशाेक परेको छ ।

शर्माका पिता गंगाधर शर्मा चापागाईको ९० वर्षको उमेरमा शनिबार दिउँसो आफ्नै निवास नवलपुरको कावसाती ९ मा निधन भएको हो ।

शर्मा लामो समय देखि दमको रोगी थिए । शर्माका श्रीमती, दुई छोरा र चार छोरी छन् ।

स्याङ्जा घर भएका शर्मा नवलपुरको कावासोतीमा बस्दैआएका थिए ।

पत्रकार सम्बद्ध संघसंस्थाहरुले शर्माको निधनप्रति दुख व्यक्त गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width