नेपालमा कोरोना निको हुने दर ७४ प्रतिशत   

आदर्श समाज सम्वाददाता
जेठ १, २०७८
Corona Banner

काठमाडौं ।  नेपालमा थप आठ हजार १६७ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ९७१ जनाको पिसिआर तथा ५७७ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः आठ हजार ४६ र १२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यससँगै देशभर कोरोना सङ्क्रमित चार लाख ७७ हजार चार पुगेका छन् । हालसम्म २७ लाख ५१ हजार ४८१ को पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा पाँच हजार ४५५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या तीन लाख ३३ हजार १०८ पुगेको छ । कोरोना निको दर ७४ दशमलव ४ प्रतिशत छ । यस्तै गत २४ घण्टामा थप १८७ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या चार हजार ८५६ पुगेको छ । आजसम्म मुलुकभर सक्रिय सङ्क्रमितको संख्या एक लाख नौ हजार ७४० छ ।  रासस

Related News

सम्बन्धित समाचार

    • संक्रमित घटेसँगै परीक्षणमा कमी

      धनबहादुर गुरुङ असार ६, २०७८
      पोखरा । प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराकी निमित्त निर्देशक सपना सुवेदीलाई २ साता अघिसम्म स्वाब परीक्षण गर्न भ्याइनभ्याइ थियो । तारन्तार…
    • शहरभन्दा गाउँमा कोरोना सङ्क्रण

      रासस असार ५, २०७८
      दमौली । कोभिड–१९ को दोस्रो लहरको शुरुआतमा तनहुँका शहरी क्षेत्रमा सङ्क्रमितको सङ्ख्या धेरै थियो । सुरक्षित हुने भन्दै निषेधाज्ञा जारी…
    • १५ हजारले पाएनन् कोभिसिल्ड दोस्रो डोज

      आदर्श समाज सम्वाददाता असार ५, २०७८
      नवलपुर । भारतबाट आएको कोभिड १९ विरुद्धको खोप कोभिसिल्डको पहिलो डोज खोप लगाएकामध्ये झण्डै १५ हजार नागरिकले नवलपुरमा दोस्रो डोज…
    • गण्डकीमा एक हप्तामा ४ हजार १९३ ले कोरोना जिते

      आदर्श समाज सम्वाददाता असार २, २०७८
      पोखरा । गण्डकी प्रदेशमा बुधबार ५ सय २५ जना कोरोना संक्रमणमुक्त भएका छन् । मंगलबार ३६० जनामा नेगेटिभ देखिएको थियो…
    • गण्डकीमा ४२ हजार ३ सय ८ जना कोरोनामुक्त

      आदर्श समाज सम्वाददाता जेठ २९, २०७८
      पोखरा । गण्डकी प्रदेशमा ४२ हजार ३ सय ८ जना कोरोनामुक्त भएका छन् । शुक्रबार ३४७ जनाले कोरोनामुक्त भएसँगै ४२…

    hero news full width

    sanil ads

    wordlink ads