गोर्खा वेल्फेयर ट्रस्टले दियो दमौली अस्पताल र व्यास नगरलाई स्वास्थ्य सामग्री

आदर्श समाज सम्वाददाता
जेठ १, २०७८
damauli help

दमौली । गोर्खा वेल्फेयर ट्रस्ट नेपालले जिल्लाको दमौली अस्पताल र व्यास नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

ग्रामीण खानेपानी तथा सरसफाई कार्यक्रम अन्र्तगत उक्त संस्थाले कोराना भाइरस रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले दमौली अस्पताल र नगरपालिकाले कृषि विकास बैंकको भवनमा सञ्चालन गरेको आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

शनिबार ग्रामीण खानेपानी तथा सरसफाई कार्यक्रम निर्देशक दिपककुमार श्रेष्ठले दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुनिल पौडेललाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।

कोरोना भाइरस नियन्त्रणका लागि अस्पताललाई अत्यावश्यक विभिन्न २१ प्रकारका ३ लाख ६७ हजार ९ सय ६० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार संस्थाले पिपिइ सेट, फेस शिल्ड, एन ९५ मास्क , थर्मल गन, मेडिकल गाउन, क्लिनर सेफ्टी गाउन, सर्जिकल मास्क, हेण्डवास लिक्विड , ग्लोब्स, सेनिटाइजर, गम बुट, एण्टीजेन टेस्टीङ किट, लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

सोही दिन उक्त संस्थाले कृषि विकास बैंकको भवनमा सञ्चालित आइसोलेसन सेन्टरको लागि १ लाख ३३ हजार ६ सय ५१ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गरेको छ । आइसोलेसन सेन्टरलाई विभिन्नि २० प्रकारका स्वास्थ्य सामग्री सहयोग गरेको कार्यक्रम निर्देशक श्रेष्ठले जानकारी दिए ।

सोही क्रममा व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले नगरवासीको स्वास्थ्य सुरक्षाका लागि नगरपालिकाले चालेको अभियानलाई गोर्खा वेल्फेयर ट्रष्टले विभिन्न स्वास्थ्य सामग्री प्रदान गरी सघाएकोमा धन्यवाद व्यक्त गरे । निर्देशक श्रेष्ठका अनुसार गोर्खा वेल्फेयर ट्रष्टको तर्फबाट गण्डकी प्रदेशका विभिन्न जिल्लाका स्थानीय तह र अस्पतालमा सहयोग गरिएको छ । कोरोना भाइरसको नियन्त्रणकै लागि गोर्खा वेल्फेयर ट्रष्ट नेपालले यस अघि पनि व्यास नगरपालिकालाई सहयोग गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…
  • हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित…

hero news full width