कास्कीमा कडा लकडाउन, ४९३ व्यक्ति र १९७ गाडी होल्डमा

आदर्श समाज सम्वाददाता
जेठ १, २०७८
Kabahi Photo 1

पोखरा । कास्कीमा शनिबारदेखि निषेधाज्ञामा थप कडाइ गरिएको छ ।

कास्की जिल्ला प्रशासनले जेठ ७ गतेसम्म थप गरिएको निषेधाज्ञामा केही परिवर्तन गरेको छ । यस पटकको निषेधाज्ञामा सभा सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सभा, जुलुस, जात्रा, महोत्सव लगायतका मानिसहरु भेला हुने र भीडभाड गर्ने गतिविधिहरु केही गर्न पाइने छैन । अत्यावश्यक बाहेक सार्वजनिक तथा निजी सवारी साधन यस पटक पनि चलाउन पाइने छैन् ।

यस पटक कर्मचारीहरु घरबाट कार्यालय जान बिहान ९ बजेदेखि १० बजेसम्म र घर फर्किन साँझ ५ बजेदेखि ६ बजेसम्मको समय छुट्याइएको छ । सरकारी प्राथमिकता प्राप्त आयोजनाका लागि निर्माण सामाग्री बोक्ने सवारी साधनहरु बेलुका ८ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउनेछन् ।

प्रशासनले दिएको आदेश कडा रुपमा पालना गर्न गराउन बिहानैदेखि पोखराका चोकचोकमा सुरक्षाकर्मीहरु परिचालन भएका छन् । निषेधाज्ञा उल्लंघन गर्ने ४ सय ९५ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । जसमा पुरुष र १ सय १८ महिला रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए । त्यस्तै निषेधाज्ञामा बिना काम हिडेका १ सय ९७ सवारी पनि नियन्त्रणमा लिइएको हमालले बताए । जसमा १ सय ५३ मोटरसाइकल स्कुटर र ४४ चारपांग्रे सवारी छन् ।

नियन्त्रणमा लिएको मानिस र सवारी साधनका चालकलाई केही समयमा सम्झाइ बुझाइ छाडिने हमालले जनाए । ‘हामीले केही समयलाई होल्ड गरेर राखेका हौं,’ उनले भने, ‘यसलाई नियन्त्रण नै त भन्न मिल्दैन, तर साह्रै अटेर ग¥यो भने नियन्त्रण गरेरै राख्न बाध्य हुन्छौ ।’ शनिबारदेखिको निषेधाज्ञाको पालना गर्न गराउन करिव ६ सय ९५ प्रहरी कर्मचारी परिचालन गरको पनि हमालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • पोखराको नदीपुर प्रहरी पोस्टमा सबै महिला

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । पोखरा–३ नदीपुरस्थित अस्थायी प्रहरी पोस्टको जिम्मेवारी महिला प्रहरीलाई दिइएको छ । आइतबार एक समारोहबीच प्रहरी सहायक निरीक्षक दीपा…
  • हिसान गण्डकी फुटसल सुरु

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । हिसान गण्डकी आयोजनामा पोखरामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता…
  • गायिका समीक्षा अधिकारी सम्मानित

    आदर्श समाज सम्वाददाता फागुन ४, २०८१
    पोखरा । लोकप्रिय गायिका समीक्षा अधिकारीलाई आफ्नै गाउँमा सम्मान गरिएको छ । नेपाली गीतसंगीत माध्यमबाट राष्ट्रिय–अन्तर्राष्ट्रियजगत्मा अलग पहिचान बनाउन सफल…
  • बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । पोखरा भ्रमण वर्ष–२०२५ को औपचारिक उद्घाटनक्रममा बेलुन पड्किएर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज…
  • पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । २४ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले उपाधि जितेको…

hero news full width