कारागारमा कोभिड छेक्नै मुस्किल

आदर्श समाज सम्वाददाता
जेठ १, २०७८
jail

पोखरा । कोरोना महामारीको बेला स्याङ्जा कारागारमा कैदीबन्दीलाई संक्रमणबाट बचाउन मुस्किल छ । क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी रहेको कारागारमा यदि कसैमा कोभिड–१९ देखिए संक्रमण फैलिन सक्ने भन्दै आवश्यक सचेतना अपनाइएको कारागार प्रमुख चूडामणि भण्डारीले बताए ।

कोरोनाको पहिलो लहरमा सुरक्षार्थ खटिएका नेपाली सेनाका ३ जवानमा संक्रमण देखिएको थियो । सो बेला आवश्यक स्वास्थ्य सुरक्षा अपनाउँदा जोगिए पनि दोस्रो लहरमा भने कठिन बनेको भण्डारीको गुनासो छ । त्यसका लागि आफूहरुले कैदीबन्दीलाई भेट्न आउनेहरुलाई आवतजावतमा रोक लगाएको, खाद्यान तथा जिन्सी आपूर्तिमा पनि ख्याल गरिएको बताए ।

सदरमुकाम पुतलीबजारको पुतलीखेतस्थित कारागारका २ जीर्ण भवनमा हाल डेढ सय जति कैदीबन्दी छन् । तीमध्ये ३५ जना क्षमतामा १ सय ४८ पुरुष र १० जना क्षमतामा १५ महिला कैदीबन्दी जसोतसो राखिएको छ ।

२०३७ सालमा स्थापित कारागारमा पुरानो भौतिक संरचना छ । खानेपानी, शौचालय, भौतिक संरचना, कोठा अभाव छ ।

पुनर्निर्माणमा बजेट निकासाका लागि संघीय तथा प्रदेश सरकारलाई अनुरोध गरिए पनि बजेट नपरेको कारागार प्रमुख भण्डारी बताउँछन् । कोरोना पस्यो भने के कसो गर्ने भन्नेबारे कुनै योजना नरहेको उनी बताउँछन् । सम्भावित संक्रमित कैदीबन्दीलाई आइसोलेसनमा राख्न कुनै व्यवस्था नभैसकेको उनले बताए ।

आवश्यक सुरक्षार्थ गत वर्ष पतंजलि लगायत संघसंस्था साबुनपानी व्यवस्था मिलाएका थिए । हालैमात्र स्याङ्जा हरिनास–२ का प्रकाश पौडेलले कानुनी ज्ञान जान्न सघाउ पुगोस् भन्ने हेतुले देवानी तथा फौजदारी संहिताको पुस्तक सहयोग गरेका छन् । उनले २ वर्षदेखि नियमितरुपमा राष्ट्रिय तथा स्थानीयस्तरका पत्रपत्रिकाहरु निःशुल्क उपलब्ध गराउँदै आएका छन् । पृथ्वीनारायण क्याम्पसमा एमबीएस अध्ययनरत पौडेलले विद्यार्थी भइकन पनि गरेको सहयोग अनुकरणीय रहेको कारागार प्रमुख भण्डारीले बताए ।

Related News

सम्बन्धित समाचार

  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…
  • बजेट अभावमा नगर अस्पतालको काम रोकियो   

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    दमौली । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य…

hero news full width