भीमसेन आदर्शको बाल विकास भवन शिलान्यास

आदर्श समाज सम्वाददाता
जेठ १, २०७८
devchuli

देवचुली । नवलपुरको देवचुली नगरपालिका ७ रामबासमा रहेको भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयको ९ कोठे बाल विकास भवनको शिलान्यास गरिएको छ ।

देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारीले ९ कोठे भवनको शिलान्यास गरेकी हुन् ।

नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत नमूना विद्यालयको पहिलो किस्ता अन्तर्गत १ करोड ५० लाख लागतमा ३ तले ९ कोठे भवन निर्माण गरिने भएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सत्यनारायण भुसाल, विद्यालयका प्रधानाध्यापक अग्निधर भुसाल, भूतपूर्व अध्यक्षहरु, देवचुली ७ र ९ का वडाध्यक्षलगायत सहभागी थिए ।

बाल विकास भवन आर्थिक वर्ष २०७८/२०७९ को असोजसम्ममा निर्माण सम्पन्न गर्ने योजना रहेको विद्यालयका प्रधानाध्यापक अग्निधर भुसालले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width