हेमजा । अन्नपूर्ण गाउँपालिकालाई ३ सहकारी संस्थाले अक्सिजन सहितको कोभिड अस्पताल सञ्चालन सहजताका लागि स्वास्थ्य सामग्री प्रदान गरेका छन् । बिहीबार पोखरास्थित धनुष सहकारी अन्नपूर्णस्थित श्री शिखर र हाम्रो अन्नपूर्ण वचत तथा ऋण सहकारी संस्थाले गाउँपालिका अध्यक्ष युवराज कुँवरलाई सामग्री हस्तान्तरण गरेका हुन् ।
त्यस अवसरमा अक्सिजन सिलिन्डर ३ थान, अक्सिजन मास सेट ६, पिपिई ३, थर्मल गन लगायत केही मेडिकल सामग्री प्राप्त भएको गाउँपालिका स्वास्थ्य संयोजक ऋषिराम पौडेलले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष कुँवरले कोरोना भाइरस महामारीको यस विषम अवस्थालाई ध्यान दिर्दै सहयोग गरेकोमा आभार प्रकट गर्दै प्राप्त सामग्रीको अधिकतक प्रयोग गरिने प्रतिबद्घता जनाए।उनले यस महामारीमा अन्य संस्थाले पनि खुलेर सहयोग गर्नुपर्ने भन्दै स्वास्थ्य मापदण्डको कार्यान्वयनमा जोड समेत दिए ।
त्यस अवसरमा धनुष सहकारीका प्रमुख कार्यकारी विराज सुवेदी, शिखर वचतका सचिव शिव सुवेदीले कोविड रोकथाममा गाउँपालिकासँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्घता जनाए । उनीहरुले लामो समयको प्रयासपछि कोभिड आइसोलेसन बनाउने योजना पूरा भएको सुनाउँदै सबै मिली सहकार्य गरेको खण्डमा जस्तोसुकै महामारीलाई पनि जित्न सकिने विश्वास व्यक्त गरे ।
सहयोगसँगै गाउँपालिकाले कोभिड अस्पताल सञ्चालनमा सहजता भएको जनाएको छ । पालिकाले यसअघि नै ५ शड्ढयाको अस्पताल निर्माण गरिसकेको छ ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
hero news full width
मुख्य समाचार
बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते
पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन
फागुन ३, २०८१सफल पोखरा म्याराथनमा दौडियो पोखरा
फागुन ३, २०८१पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
फागुन २, २०८१आहारारामा को होला च्याम्पियन ?
फागुन २, २०८१सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
फागुन २, २०८१