दमौली । कोभिड सङ्क्रमण पुष्टि भएपछि व्यास नगरपालिका–१ का एक पुरुषको दमौलीस्थित मिर्गौला उपचार केन्द्रमा डायलासिस गरिएको छ । व्यास नगरपालिका–१ का ४९ वर्षीय पुरुषको दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा शुक्रबार राति डायलासिस गरिएको हो । उहाँमा तीन दिन अगाडि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमणपछि मिर्गौला उपचार केन्द्रमा डायलासिस गर्ने उहाँ दोस्रो व्यक्ति हो । गत वर्ष कोरोना सङ्क्रमण भएपछि व्यास नगरपालिका–४ का एक व्यक्तिको पनि यही डायलासिस गरिएको थियो ।
शुक्रबार डायलासिस गरेका ती व्यक्तिले नियमित डायलासिस गर्दै आएको केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिनुभयो । “उहाँको यसअघि सोमबार र बिहीबार डायलासिस हुँदै आएको थियो, अब शुक्रबार र मङ्गलबार डायलासिसको तयारी गरेका छौ,” उहाँले भन्नुभयो, “शनिबार डायलासिस केन्द्र बन्द हुने भएकाले शुक्रबार डायलासिस गराएपछि निसङ्क्रमण गर्न सजिलो हुन्छ ।”
कोरोना सङ्क्रमित ती व्यक्तिलाई एक्लै राखेर डायलासिस गर्ने व्यवस्था मिलाइएको छ । “सबै गइसकेपछि स्वास्थ्यकर्मीले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर उहाँको डायलासिस गर्नुहुन्छ,” उहाँले भन्नुभयो । कोरोना सङ्क्रमितको ती पुरुषको स्वास्थ्य अवस्था सामान्य छ । उहाँको हाल दमौली अस्पतालको कोभिड कक्षमा उपचार भइरहेको छ ।
केन्द्रमा हाल दैनिक ६३ जनाले डायलासिस गराइरहेका छन् । विसं २०७२ साल मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलो पटक डायलासिस केन्द्र स्थापना भएको थियो । केन्द्रले हालसम्म करीब २५ हजार भन्दा बढी पटक डायलासिस सेवा प्रदान गरेको छ । केन्द्रमा ९ वटा डायलासिस गराउने उपकरण रहेको छ ।
Related News
सम्बन्धित समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
एकीकृत समाजवादी गण्डकीमा नेपाली
ब्ल्याक बुल्स् सेमिफाइनलमा
नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
hero news full width
मुख्य समाचार
सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१थ्रिस्टार सेमिफाइनलमा प्रवेश
माघ २८, २०८१पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१