जसपा संसदीय दलको नेता राजेन्द्र महतो चयन

आदर्श समाज सम्वाददाता
वैशाख ३१, २०७८
rajandra-mahato-rastiya-janata-pati-nepal

पोखरा।  जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएका छन्। सांसद प्रमोद साहले दलको नेतामा महतोलाई चयन गरिएको जानकारी दिए।

जसपाका बहुमत सांसदहरुले नेता चयन गरेको उनले बताए। २० जना सांसदहरुको उपस्थितिमा जसपाले दलको नेता चयन गरेको हो। जसपाका ३४ जनामध्ये अहिले ३२ जना सांसद छन्। २ जना निलम्बित छन्। ‘२० जना सांसदको उपस्थितिमा महतोलाई संसदीय दलको नेता चयन गरिएको हो,’ उनले भने’ पार्टी कार्यालय खुलेपछि निर्णय दर्ता गराउँछौं।’

संसदीय दलको नेता चयनसम्बन्धी बैठकमा उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षका सांसद भने सहभागी थिएनन्। उक्त पक्षले आफूसँग बहुमत सांसदहरु रहेको बताइरहेका बेला महतो नेतामा चयन भएका हुन्।

आन्तरिक विवादका कारण जसपाले अहिलेसम्म संसदीय दलको नेता छान्न सकेको थिएन।

Related News

सम्बन्धित समाचार

hero news full width