अस्पताललाई अक्सिजनको कोटा स्थगित, पहिलाजस्तै दिन मन्त्रालयको निर्देशन

आदर्श समाज सम्वाददाता
वैशाख ३१, २०७८
Ministry-of-Health-and-Population

पोखरा ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमितहरुको उपचार तथा व्यवस्थापन गर्न कोभिड १९ अस्पतालहरुमा अक्सिजनको आपूर्ति व्यवस्थापनलाई सहजीकरण गर्ने निर्णय गरेको छ।

मन्त्रालयले अक्सिजन उद्योगहरुलाई पत्र पठाउँदै अस्पतालहरुमा साबिककै नियमित ढुवानी प्रक्रियाबाट मेडिकल अक्सिजन उपलब्ध गराउन अनुरोध गरेको छ।

अर्को व्यवस्था नभएसम्मका लागि साविककै अनुसार अस्पताललाई अक्सिजन उपलब्ध गराउन मन्त्रालयले पत्रचार गरेको हो।

साथै आकस्मिक व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयको अक्सिजन वितरण व्यवस्थापन गर्ने उच्चस्तरीय टोलीको निर्णय र निर्देशनअनुसार स्थानीय प्रशासनसँग सहकार्य र सरोकारवालसँग समन्वय गर्न अनुरोध गरेको छ।

यसअघि सिसिएमसीले कोटा निर्धारण गरेर वितरण गर्न सुरु गरेको थियो। त्यसो गर्दा अस्पतालहरुमा अक्सिजनको अभाव झन चर्कोरुपमा बढ्दै गएको थियो। यस्तो अवस्था आएपछि मन्त्रालयले पुनः साबिक बमोजिम नै अक्सिजन उपलब्ध गराउन भनेको हो।

Related News

सम्बन्धित समाचार

hero news full width