ईद उल फित्रमा स्वास्थ्य सामग्री प्रदान

आदर्श समाज सम्वाददाता
वैशाख ३१, २०७८
karagar muslim

स्याङ्जा । इस्लाम धर्मावलम्वीहरुको पर्व ईद उल फित्रको दिन पारेर मुस्लिम युवाहरुले कोरोना नियन्त्रणक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

कोरोना संक्रमणका कारण सबैजना मस्जिदमा भेला भएर मनाउने अवस्था नरहेका बेला मुस्लिम युवा क्बलका केही पदाधिकारीले कारागारमा रहेका कैदीबन्दी, सुरक्षाकर्मी र लागु पदार्थ तथा एचआइभी एड्स नियन्त्रणका क्षेत्रमा कार्यरत संस्था जीवन बाटिकालाई स्वास्थ्य सामग्री प्रदान गरेका हुन।

क्लबले १ हजार ६ सय वटा मास्क, २० वटा फेससिल्ड, १० लिटर सेनिटाइजर वितरण गरेको हो । क्लबले ट्राफिक कार्यालयलाई ५ सय वटा मास्क र १० वटा फेससिल्ड, जीवन बाटिका नेपाललाई ५ सय वटा मास्क र १० वटा फेससिल्ड र जिल्ला कारागारमा रहेका सुरक्षाकर्मी र बन्दीका लागि ६ सय वटा मास्क र १० लिटर सेनिटाइजर प्रदान गरिएको क्लब अध्यक्ष सागिर अलीले जानकारी दिए ।

क्लबका अध्यक्ष सागिर अली, सल्लाहकारद्वय मुन्ना शेख र अनुवर अली, संस्थापक सदस्य अहमद अलीले ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । क्लबले यसअघि जिल्ला प्रहरी कार्यालय, ट्राफिक कार्यालय र मुक्तिनाथ विकास बैंक र केही मुस्लिम बस्तीमा पुगेर ६ हजार ४ सय वटा मास्क, ३ सय ३० वटा फेससिल्ड र ८० लिटर सेनिटाइजर वितरण गरेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width