बागलुङको निसीखोलामा माटोको ढिस्कोले पुरिएर आमाछोराको निधन

आदर्श समाज सम्वाददाता
वैशाख ३१, २०७८
momentsbeforedeath

पोखरा । बागलुङको निसीखोलामा माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु भएको छ । शुक्रबार दिउँसो निसीखोला गाउँपालिका २ काल्नेचौरमा घर पोत्ने माटो खन्ने क्रममा यो घटना भएको हो ।

माटोको ढिस्कोले पुरिएर स्थानीय ३३ वर्षीया भवी कुँवर र उनका १२ वर्षीय छोरा सुरेश कुँवरको मृत्यु भएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

स्थानीयले घर पोत्नका लागि गाउँ नजिकैको ओढारबाट माटो निकाल्दै आएका थिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads