महामारीका बेला धर्म संस्कृतिको कार्य नगर्न तमु धिंको आग्रह

आदर्श समाज सम्वाददाता
वैशाख ३१, २०७८
tamudhi-nepal

पोखरा । तमु धिं नेपालले कारोना महामारीको समयमा धर्म संस्कृतिको कार्य नगर्न तमु धिंको आग्रह गरेको छ ।

तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमुले शुक्रबार एक विज्ञप्ति जारि गर्दै महामारीको अवस्थामा भेला हुने, भोज, पूजा लगायतका कार्य रोक्न आग्रह गरेका छन् । मृत्यु संस्कारगत कर्ममा अनिवार्य उपस्थित रहनुपर्ने बाहेक सहभागी नहुन भनेको छ । साथै तमु समुदायको पितृकार्य पय(अर्घौं) कर्मका लागि लामा, पच्यु, क्हेप्री गुरुहरुसँग सल्लाह गरी केही समय पश्चात गर्न (जस्तै ४९ दिनमा) हार्दिक आग्रह पनि गरेको छ ।

तमु धिंको विज्ञप्तीमा आम नागरिकलाई सचेत र सजग रहन साथै सावधानी अपनाउन अपिल गरिएको छ । कोरोना महामारी नियन्त्रण गर्न, कोरोना पोजिटिभ देखिएका नेपालीको निशुल्क उपचार गर्न सरकारसँग अनुरोध गरेको छ । यसैगरि निषेधाज्ञाको बेला समस्यामा रहेका नागरिकका लागि राहत उपलब्ध गराउन पनि ३ तहको सरकारसँग अनुरोध समेत अनुरोध गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • खुदीखोलाका मगरहरुले मनाए माघी

    आदर्श समाज सम्वाददाता माघ २, २०८१
    पोखरा । आराधना मगर समाज पोखरा–३२, खुदीखोलाका मगरवासीले माघी संक्रान्ति पर्व मनाएका छन् । नेपाल मगर संघ आराधना मगर समाजको आयोजनामा…
  • ‘भक्ति संगीतको सम्बद्र्धन जरुरी’

    आदर्श समाज सम्वाददाता पौष ३, २०८१
    पोखरा । भक्ति संगीतको इतिहास धेरै पुरानो रहेको र वर्तमानमा यसको सम्बद्र्धन गर्न जरुरी रहेको एक कार्यक्रमका वक्ताले जोड दिएका…
  • शिवालय मन्दिर उद्घाटन

    आदर्श समाज सम्वाददाता मंसिर २३, २०८१
    पोखरा । पोखरा–१५, ढुंगेसाँघु, पट्नेरीमा निर्माण भएको शिवालाय मन्दिरको शनिबार उद्घाटन गरिएको छ । ऐतिहासिक शुक्लागण्डकी कोटिहोम–२०८१ अन्र्तगत सोही स्थानमा…
  • शिक्षामन्त्री कोटिहोममा

    आदर्श समाज सम्वाददाता मंसिर २०, २०८१
    पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पर्यटकीय विकासको सम्झावना उजागर गर्न प्रतिवद्ध रहेको बताएकी छन् । पोखरा…
  • पोखरामा सुरु भयो ऐतिहासिक कोटीहोम

    आदर्श समाज सम्वाददाता मंसिर १७, २०८१
    पोखरा । अन्नपूर्णेश्वर शिवालय धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिको आयोजनामा पोखरा–१५ ढुंगेसाँघु, पट्नेरीमा सोमबारदेखि शुक्लागण्डकी कोटिहोम सुरु भएको…

hero news full width