जैमिनीका कांग्रेस सभापति भन्छन् : जनमोर्चा त्याग्ने बेलामा कृष्ण थापाले हैसियत देखाए

आदर्श समाज सम्वाददाता
वैशाख ३१, २०७८
Congress Flag

पोखरा । गण्डकी प्रदेशको सरकार गठनको विषयमा गण्डकी प्रदेशका सांसद कृष्ण थापाले सञ्चार माध्यममा दिएका अभिव्यक्तिप्रति नेपाली कांग्रेस जैमिनी नगरपालिकाले ध्यानाकर्षण जनाएको छ ।

प्रदेश सरकार गठनका पछिल्ला राजनीतिक गतिविधि र त्यसमा प्रत्यक्ष भूमिकामा देखिएका गण्डकी प्रदेशका सांसद थापाले जनमोर्चा र कांग्रेसबीचको सम्बन्धका विषयमा दिएको सूचना गलत भएको जनाएको छ ।

बुधबार विज्ञप्ति निकाल्दै थापाले दिएको सूचना असत्य, पूर्वाग्रही र व्यक्तिगत स्वार्थपूर्तिको लागि भएको स्पष्ट पारेको छ । साथै नेपाली कांग्रेस जैमिनि नगरपालिकाका सभापति काशीराम आचार्यले यस्तो हर्कत देखाउनेमा उनी जनमोर्चाको पहिलो व्यक्ति नभएको पनि बताएका छन् । जनमोर्चा त्याग्ने र अन्य पार्टी प्रवेश गर्ने समयमा जनमोर्चाका धेरैले कांग्रेससँगको तिक्तताको विषय उठान गर्ने गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेकपा एमालेसँग नजिक हुन पनि यस किसिमको आरोप कांग्रेसलाई लगाउने पुरानो प्रचलन रहेको आर्चायले बताए ।

जनमोर्चा भित्र कुनै बौद्धिक तथा सैद्धान्तिकतामा नरही कांग्रेस विरोधी छवि बनाएका कारण थापाको अहिलेसम्म राजनीतिक बढोत्तरी नभएको उनले उल्लेख गरेका छन् । जनमोर्चाका कतिपय नेता, कार्यकर्ताहरुसँग नेपाली कांग्रेसको बहस छलफल हुने गरे पनि यस क्षेत्रमा दुष्मनीपूर्ण कुनै व्यवहार नभएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

राष्ट्रिय जनमोर्चासँग राजनीतिक विषय प्रतिस्पर्धा वा सहकार्य भइरहेको छ । तर सामाजिक द्वन्द्व निम्त्याउन र व्यक्तिगत स्वार्थ पूरा गर्न गण्डकी प्रदेशका सांसद कृष्णबहादुर थापाको सार्वजनिक वक्तव्यको नेपाली कांग्रेस जैमिनी नगर समितिले भत्र्सना समेत गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width