वालिङमा सञ्चालनमा आयो आइसोलेसन केन्द्र

आदर्श समाज सम्वाददाता
वैशाख ३१, २०७८
walling Isolation 1

वालिङ । वालिङ नगरपालिकाले निर्माण गरेको अक्सिजनसहितको आइसोलेसन केन्द्र बिहीबार साँझदेखि सञ्चालनमा आएको छ ।

वालिङस्थित गह्राैं प्राथमिक अस्पतालमा अक्सिजनसहितको ३५ शय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
अस्पतालमा निर्माणाधीन भवनमा सञ्चालनमा ल्याइएको आइसोलेसन कक्षमा रहेका प्रत्येक शड्ढयामा अक्सिजन सिलिन्डर तथा अक्सिजन कन्सन्ट्रेटर जडान गरी उपचार गरिने उनले बताए ।

कोभिडको दोस्रो लहरका सङ्क्रमितहरुमध्ये केहीलाई स्वास प्रस्वासमा समस्या देखिने गरेकाले उहाँहरुको अवस्था हेरी अक्सिजन दिएर उपचार गरिने र धेरै नै समस्या देखिएमा वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्र्ने अवस्था आएमा थप उपचारका लागि लगिने नगर प्रमुख खाँणले बताए ।

‘बजार तथा गाउँ÷गाउँमा सङ्क्रमितहरु हुनुहुन्छ उहाँहरुको प्रत्येक दिन फोनमार्फत स्वास्थ्य अवस्था बुझ्ने गरेका छौं,’ नगर प्रमुख खाँणले भने, ‘कसैलाई स्वास फेर्न अप्ठ्यारो भएमा वा अन्य समस्या भएमा तत्कालै गएर ल्याउँछौं र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्छौं ।’

विश्वव्यापी महामारीकोरुपमा तीब्र गतिमा फैलिरहेको नयाँ भेरियन्टसहितको कोभिड १९ को संक्रमण दर तथा संक्रमितको संख्या स्याङ्जाका एघार पालिकामध्ये वालिङमा धेरै छ ।
गह्राैं प्राथमिक अस्पतालमा दैनिक लक्षण देखिएका बिरामी तथा कन्ट्याक्ट ट्रेसिङमा परेका ब्यक्तिहरुको एन्टिजिन विधिमार्फत स्वाबको नमूना लिने गरिएको नगर उपप्रमुख कल्पना तिवारीले बताइन् ।

उनका अनुसार अस्पतालमा गरिएको नमुना परीक्षणमा संक्रमण पुष्टि भएपछि आवश्यक औषधिहरु दिएर होम आईसोलेसनमा बस्न आग्रह गर्ने, अप्ठ्यारो भएमा वा कुनै समस्या देखिएमा तत्काल सम्पर्क गर्नकालागि नम्बरहरु दिएर पठाउने गरिएको छ ।

होम आइसोलेसनमा बस्दा स्वास्थ्यसम्बन्धी समस्या देखिएमा तत्कालै आइसोलेसन कक्षमा ल्याई उपचार गरिने उनले बताइन् ।

संक्रमितहरुलाई दैनिक मनोसामाजिक परामर्श दिने गरिएको छ भने घर–घरमै लगेर औषधिहरु पनि उपलब्ध गराउँदै आएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए ।

((

Related News

सम्बन्धित समाचार

  • न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । पोखरा न्युरोडमा बेरी लाउन्ज एन्ड बार सञ्चालनमा आएको छ । लाउन्ज एन्ड बार नयाँ वर्षको अवसर पारेर सञ्चालनमा…
  • चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । गण्डकी प्रदेशमा बिनाविभागीय २ जना मन्त्रीहरुले मन्त्रालयको जिम्मा पाएका छन् । माओवादीका हरिबहादुर चुमानले आर्थिक मामिला र राजीव…
  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…

hero news full width