बैंकमा ५० हजार बढी जम्मा गर्नुपर्ने

आदर्श समाज सम्वाददाता
वैशाख ३१, २०७८
Build bank

पोखरा । न्यून कर्मचारी राखेर सेवा सञ्चालन गर्दै आएका बैंकहरूले अब निश्चित सेवा मात्र प्रवाह गर्ने भएका छन् ।

नेपाल बैंकर्स संघको बसेको बैठकले निश्चित शाखाबाट सम्पूर्ण सेवा प्रवाह हुँदा जोखिम बढेको भन्दै शुक्रबारदेखि विभिन्न ५ सेवा मात्र प्रवाह गर्ने निर्णय गरेको हो । संघले सबै बैंकलाई खाताबाट नगद झिक्ने, खातामा ५० हजारभन्दा बढी रकम जम्मा गर्ने, रकम स्थानान्तरण (चेक, कनेक्ट आईपीएस), आरटी जीएस, विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार गर्न निर्देशन दिएको छ ।

न्यूनतम ५० हजारभन्दा कम जम्मा (डिपोजिट) नगर्ने निर्णय भएको संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए । उनका अनुसार बैंकबाट पटक/पटक हुने कारोबारलाई निरुत्साहित गर्द नेपाल राष्ट्र बैंकको अनुमतिमा उक्त निर्णय गरिएको हो । संघले सरकारले अत्यावश्येक सेवा बाहेक घरबाट बाहिर ननिस्कन गरेको आग्रहको पालना गर्दै डिजिटल बैंकिङ कारोबारको प्रयोग गर्न आग्रह गरेको छ । बैंकले निश्चित सेवा प्रवाह गर्ने भएपछि अब कर्जा सेवा, नयाँ खाता खोल्ने लगायतका काम रोकिने भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width