म्याग्दीमा लकडाउन १० दिन थपियो

साधन राम्जाली
वैशाख ३१, २०७८
myagdima lockdown thpiyo 1

म्याग्दी । म्याग्दीमा लकडाउन जेठ १० गतेसम्म लम्बिने भएको छ । जिल्लामा कोरोना संक्रमणको दर थप बढ्न नदिन प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बिहीबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले लकडाउन जेठ १० गतेसम्म थप गर्ने निर्णय गरेको हो । यसअघि शुक्रबार राति १२ बजे सम्मलाई लकडाउन जारी गरिएको थियो ।

जिल्लामा संक्रमण्दर बढ्दै गएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि बैशाख ३१ देखि जेठ दश गतेम्म लकडाउन थप गर्ने निर्णय गरेको हो । लकडाउनलाई यसअघिको भन्दा कडाइ गर्ने समेत निर्णय भएको छ । जारी लकडाउन फितलो हुँदा संक्रमणदर बढेको भन्दै थप कडाइ गर्न सरोकारवालाहरुले माग गरेका थिए । लकडाउन अवधिभर अत्यावश्यक बाहेकका सेवा बन्द हुनेछन् ।

लकडाउनमा सार्वजनिक वा निजी यात्रु तथा मालवाहक साधन मोटर साइकल समेत सञ्चालन गर्न रोक लगाउने निर्णय गरिएको छ । अस्पताल, औषधालय, स्वास्थ्य सामग्रीका पसलहरु २४ सै घन्टा खुल्ला रहनेछन् । यसैगरी, बैठकले सरकारी र सार्वजनिक कार्यालयहरु एवं बैंकहरु खुल्ला रहनेछन् ।

तरकारी, फलफूल, दूध, डेरीजन्य उत्पादन, ग्यास लगायतका अत्यावश्यक सेवाका पसलहरु वास्थ्य सुरक्षा मापदण्डहरुको पूर्ण पालन गरी बिहान ५ बजेदेखि ८ बजेम्म सञ्चालन गर्न पाउने बैठको निर्णय छ । जमघट र भेला हुने धार्मिक, सांस्कृतिक र सामाजिक कार्यक्रम सञ्चालन गर्न निषेध गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width