नवलपुर । कोरोनाको दोस्रो लहरको महामारीविरुद्ध जुध्न नवलपुरका निजी क्षेत्रका संघसंस्थाले सहयोग अभियान सुरु गरेका छन् । यहाँका संघसंस्था तथा व्यक्तिसँग सहयोग जुटाएर विपद् व्यवस्थापनमा सहयोगी भूमिका खेल्न विपद् व्यवस्थापन सहयोगी समिति समेत निर्माण गरेको छ ।
नवलपुरका विभिन्न संघसंस्थामा आवद्ध व्यक्तिहरुको सहभागितामा समिति गठन गरिएको हो । कावासोतीमा बिहीबार बसेको बैठकले शिव गिरीको अध्यक्षतामा विपद् व्यवस्थापन सहयोगी समिति नवलपुर गठन गरेको हो । कोभिड १९ र यसबाट उत्पन्न भएका जटिल समस्या, अक्सिजनको अभाव, रगतको अभाव लगायत समाधान गर्ने उद्देश्यले समिति गठन गरिएको हो ।
नवगठित समिति सचिवमा आनन्द श्रेष्ठ, कोषाध्यक्ष नारायण न्यौपाने, सदस्य वेदप्रसाद न्यौपाने, भोजराज दाहाल, भीमलाल अधिकारी, बाबुराम कँडेल, अमृतमाया भुषाल, जगतप्रसाद भट्टराई, चन्द्रबहादुर रानाभाट लगायत छन् ।
विपद् व्यवस्थापन सहयोगी समितिले तत्काल जिल्लामा देखिएको अक्सिजन अभावलाई समाधानका लागि लागिपर्ने समितिका अध्यक्ष गिरीले बताए । उनका अनुसार जिल्लाभरिबाट अक्सिजन सिलिन्डर संकलनको काम सुरु गरिनेछ । व्यक्तिगत रुपमा घरमा रहेका, व्यवसायमा प्रयोग भएका अक्सिजन सिलिन्डर संकलन गरी अक्सिजन आवश्यक पर्ने कोभिड संक्रमितलाई पुर्याइने छ ।
सुरुआतमा जिल्लाभरिबाट अक्सिजन सिलिन्डर संकलनको काम सुरु गरी अक्सिजन आवश्यक पर्ने कोभिड संक्रमितलाई पुर्याइने छ ।
यस्तै कोभिडका कारण नवलपुरमा रगतको अभाव भएकाले रक्तदाताको नाम संकलन गरी तयारी अवस्थामा राख्ने र कसैलाई रगत आवश्यक परे तत्काल उपलब्ध गरिने समेत उनले बताए ।
समितिलाई हालसम्म प्याव्सन नवलपुरबाट ५० हजार, रोटरी नवलपुरबाट ३० हजार, सिद्धार्थ आवासीय माविबाट १० हजार, नवलपुर बोर्डिङबाट १० हजार, गण्डकी आवासीय मावि कावासोतीबाट १० हजार, निम्स कावासोतीबाट ५ हजार र शिवालय टोल विकास संस्था कावासोतीबाट ५ हजार रकम सहयोग संकलन भएको कोषाध्यक्ष नारायण न्यौपानेले बताए । यसैगरी चन्द्रबहादुर रानाभाट, लक्ष्मीकान्त रिमाल, हरि केसी, भोजराज दाहालबाट १–१ थान अक्सिजन सिलिन्डर प्राप्त भएको छ ।
यसैबीच, ग्रील तथा स्टील व्यवसायी संघ नवलपुरका अध्यक्ष महेन्द्र श्रेष्ठले मध्यविन्दु जिल्ला अस्पताललाई अक्सिजन भरिएका ३ थान अक्सिजन सिलिन्डर सहयोग गरेका छन् । श्रेष्ठले मध्यविन्दु जिल्ला अस्पतालमा उपचाररत कोभिडका बिरामीलाई अक्सिजन आपूर्तिमा सहज होस् भनेर सहयोग गरेको बताए ।
Related News
सम्बन्धित समाचार
बार काउन्सिल पार्षद् सदस्यमा दयाराम गौतम निर्वाचित
‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
वन्यजन्तुबाट भएको क्षतिमा १ करोड बढी राहत
दलित पत्रकार संघ गण्डकीमा पूर्ण
hero news full width
मुख्य समाचार
थ्रिस्टार सेमिफाइनलमा प्रवेश
पूर्वराजा ज्ञानेन्द्र पोखरामा
माघ २८, २०८१गण्डकी धौलागिरी पेट्रोलियममा मोहन
माघ २८, २०८१सम जयन्तीमा रंगकर्मीको सम्मान
माघ २८, २०८१‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
माघ २६, २०८१बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
माघ २५, २०८१