हेमजा । अन्नपूर्ण गाउँपालिका–३, नयाँबजारकी शान्ति गुरुङको निधन भएको छ।
४८ वर्षे गुरुङको बुधवार दिउँसो पोखरा उत्तमचोक स्थित ग्यालेक्सी हस्पिटलमा निधन भएको हो ।निमोनियाबाट पीडित उनीमा वैशाख २२ गते कोरोना पोजेटिभ देखिएको थियो। त्यसपछि उनी उपचारका लागि सो हस्पिटल भर्ना भएकी थिइन्।
स्वः गुरुङ अन्नपूर्ण ३ स्थित नयाँबजार खानेपानी सरसफाई उपभोक्ता समिति तथा नयाँबजार महिला समूहकी अध्यक्ष हुन्।त्यस्तै उनले लामो समय स्वास्थ्य स्वयम्सेविका भएर पनि सेवा गरिन्।
अन्नपूर्ण ३ का अन्य विभिन्न संघसंस्थामा पनि आवद्ध गुरुङले पछिल्लो ३ वर्ष यता आफ्नै घरमा होटल ग्रीन भ्यू संचालन गर्दै आएकी थिइन्।
उनका श्रीमान्, १ छोरा र १ छोरी छन्।उनीहरु सबैको कोरोना रिर्पोट भने नेगेटिभ आएको छ।स्वःगुरुङका श्रीमान् दुर्गाबहादुर कृषि अनुसन्धान निर्देशनालय लुम्लेका कर्मचारी हुन्।
यसैबीच अन्नपूर्ण ३ काँडे, नयाँबजारका स्थानीयले एक घर एक पीसिआर गर्न माग गरेका छन् ।उनीहरुले समुदाय स्तरमा भित्रभित्रै कोरोना संक्रमण फैलिएको भन्दै त्यस्तो माग गरेका हुन्। गाउँपालिकाको पहलमा मंगलवार स्थानीय १० जनाको परीक्षण गरिएकोमा सो अप्रर्याप्त भएको ठहर गाउँलेको रहेको काँडेका केशव बिजुक्छेले बताए।
‘रिर्पोट आउन पनि चार दिन लाग्दो रैछः पीसिआर गर्नुपर्ने अरु पनि धेरै थिए’– उनले भने। कोरोना भाइरस संक्रमणको शङकामा नयाँबजारका २/३ घरका बासिन्दा अहिले पनि सुतिरहेको उनले जनाए ।
Related News
सम्बन्धित समाचार
टेम्पल ट्रि रिसोर्टले बुझायो २ करोड कर
कोरोनाको नयाँ भेरियन्ट : संक्रामक तर घातक कम
कोभिडबाट एकको मृत्यु, १०६ संक्रमित थपिए
कोरोना भाइरसबाट आज एक जनाको निधन
गण्डकीका ३ सहित मुलुकभरका १३ जिल्लामा कोरोनाको शून्य संक्रमण
hero news full width
मुख्य समाचार
वेगनास ताल डुंगा व्यवसायीको गुनासो-मोटरबोट रोकियो, रोजीरोटी खोसियो
ब्ल्याक बुल्स् सेमिफाइनलमा
माघ २९, २०८१नेपालमै बन्यो शक्तिशाली नवग्रह मन्दिर, यस्ता छन् विशेषता
माघ २९, २०८१प्रतिभामा सिमसार बहस गर्दै विद्यार्थी
माघ २८, २०८१सहारा एकेडेमीका ६ खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
माघ २८, २०८१कोटीहोम गोलचक्करमा पोखरा
माघ २८, २०८१