बागलुङमा काेराेना बाट बामपन्थी नेताकाे निधन

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०७८
SHERMAN GHARTI

बागलुङ । गण्डकी प्रदेशको बागलुङ जिल्लामा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको निधन भएको छ । जिल्लाकाे  ढोरपाटन नगरपालिका–९ बोबाङका ५७ वर्षीय शेरमान घर्तीको कोरोनाका कारण निधन भएको धौलागिरि अस्पतालले जनाएको छ ।

एक सातादेखि उनको आइसीयूमा राखेर उपचार भइरहेको थियो । स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेका अनुसार आज उनको निधन भएको हो ।

घर्ती पूर्व गाविस अध्यक्ष एवम् नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य हुन् । यसअघि स्थानीय तहको चुनावमा ढोरपाटन नगरपालिकाको मेयर एवम् प्रदेश सभा सदस्यकाे उम्मेदवार बनेका थिए ।

यससँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width