सगरमाथा आरोहण गर्न गएका दुई विदेशीको चिप्लिएर मृत्यु

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०७८
MT EVEREST

काठमाडौं । सगरमाथा आरोहण गरेर फर्किदै गरेका दुई जना विदशी नागरिकको मृत्यु भएको छ।

स्विट्जरल्यान्डका आरोही अब्दुल वारैच र अमेरिकी आरोही पुवेई लिउको आरोहण गरेर फर्किने क्रममा बिहीबार बिहान मृत्यु भएको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल टान अध्यक्ष खुम बहादुर सुवेदीले जानकारी दिए।

आरोहण गरेर फर्किने क्रममा चिप्लिएर लडेको सुवेदीले बताए। उहाँहरू हिलारी स्टेपसम्म आइपुगेका थिए। तर, अचानक त्यहिबाट चिप्लिएर मृत्यु भएको खबर पायौ, उनले भने।

टानका अध्यक्ष सुवेदीका अनुसार आरोहणका लागि एक महिनाअघि १ सय ३० जनाको टोली गएको थियो। उनीहरू ट्राभल एजेन्सी सेभेन समिटबाट गएका थिए।

आरोहणमा गएका मध्ये चार जना स्वास्थ्य समस्या देखिएको छ। आरोहणबाट फर्किएका उनीहरूमा अक्सिजनको अभावमा समस्या देखिएको टानले जनाएको छ। उनीहरूको बेसक्याम्पमा उपचार भइरहेको छ।

Related News

सम्बन्धित समाचार

  • वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग

    धनबहादुर गुरुङ चैत्र १६, २०८०
    पोखरा ।  पर्यटकीय राजधानी पोखरालाई संघीय राजधानी सहरसँग जोड्ने पृथ्वी राजमार्ग स्तरोन्तति कार्य जारी नै छ । आँबुखैरेनी–पोखरा करिब ८०…
  • असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    ढोरपाटन । खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुंगाहरूले प्लास्टिक अठ्याइएको छ । यो…
  • गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । गण्डकी प्रदेश सरकारले आउने वर्ष अर्थात् २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारलेभन्दा…
  • किरिया बसेका दाजुभाइ परीक्षामा

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    स्याङ्जा। किरियामा बसेका २ दाजुभाइ एसइईमा सहभागी भएका छन् । पुतलीबजार नगरपालिका ४ स्थित सरस्वती मावि परीक्षा केन्द्रबाट संगम क्षत्री…
  • सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०८०
    पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) बिहीबारदेखि सुरु भएको छ । चैत २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको…

hero news full width