एमाले स्थायी कमिटी बैठक : माधव नेपालसहित चार जना नेताको निलम्बन फुकुवा

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०७८
4 LEADER

काठमाडौं ।  नेकपा एमालेले वरिष्ठ नेता माधव नेपालसहित चारजना नेताको निलम्बन फुकुवा गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार निलम्बन फुकुवा गरिएका नेतामा वरिष्ठ नेता नेपाल, स्थायी कमिटी सदस्य भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे छन्।

एमालेले यी चार नेतालाई ६ महिनाका लागि निलम्बन गरेको थियो। पार्टी एकता रक्षाका लागि विगतका सबै कुरा बिर्सेर एकतामा योगदान गर्न आह्वान गर्दै बैठकले यस्तो निर्णय गरेको हो। बैठकले नेताहरुलाई आफ्नो सरकार ढालेर विपक्षीको सरकार बनाउने कारक बन्ने बाटोमा नहिँड्न आह्वान गरेको छ।

एमालेले वरिष्ठ नेता नेपालसहित चार नेतालाई चैत १६ गते निलम्बन गरेको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width