धार्मिक पर्यटकीय क्षेत्र छाङ्छाङ्दी

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०७८
syangja hari feature~rss

छाङ्छाङ्दी (स्याङजा) । पहाडको बीच भागबाट कडा चट्टानलाई छिचोल्दै पानीको झरना छङ्छङ् झरिरहेको छ । छङ्छङ् आवाज निरन्तर सुनिने सोही झरनाका कारण यस ठाउँको नाम पनि छाङ्छाङ्दी रहन गएको स्थानीयवासीको भनाइ छ ।

ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्व बोकेको स्याङ्जा जिल्लाको भिरकोट नगरपालिका–४ स्थित छाङ्छाङ्दी क्षेत्र यतिखेर धार्मिक पर्यटकको आकर्षण गन्तव्यका रूपमा विकास हुँदै आएको छ । आफ्नै पिता दक्ष प्रजापतिले लगाएको यज्ञकुण्डमा छोरी सतीदेवीले हामफाली देहत्याग दिएपछि सतीदेवीको मायाले ओतप्रोत भगवान् महादेवले सतीदेवीको शरीरलाई काँधमा बोकी पृथ्वी भ्रमणका क्रममा निस्किएका थिए । यसरी हिँडेका महादेवले सतीदेवीको शरीर कुहिएर अंग अंग नै झरेको पनि थाहा नपाएको र त्यसै क्रममा यही छाङ्छाङ्दी क्षेत्रमा पुगेपछि सतीदेवीको शरीरका बाँकी रहेका सम्पूर्ण अङ्गहरू पतन भएको कुरा श्रीस्वस्थानी व्रतकथामा उल्लेख छ ।

यसरी पीडा, थकाइ र तिर्खाले व्याकुल बनेका महादेवले त्यसै ठाउँको चट्टाने पहाडमा त्रिशूल प्रहार दिएर जल उत्पन्न गराई आप्mनो तिर्खा मेटाएको र त्यही स्थानमा गौमुखे पनि निस्किएको अनि सोही गौमुखेको पानीबाट यो छाङ्छाङ्दी झरना बनेको किंवदन्ती पनि पाइन्छ । सिद्धार्थ राजमार्गको मुख्य प्रवेशद्वार रहेको यस धार्मिक क्षेत्रको महत्वलाई कायम राख्दै एक पटक पुग्नै पर्ने गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य लिइएको श्री छायाँक्षेत्र (शिव मन्दिर) सेवा समितिका सचिव कृष्णप्रसाद श्रेष्ठले बताए ।

मन्दिर परिसरमा १०८ जलधारा सहितका शिवलिंग निर्माण गरिने भएको छ ।

शिव मन्दिरको पछिल्तिर लगभग २० मिटरको उचाइबाट गाईको मुखजस्तै आकारबाट झरेको छाङ्छाङ्दी झरना ८० मिटर लम्वाइको भूमिगत ढल निर्माण दिएर उक्त पानीलाई दजुङ्खोलासम्म पु¥याइएको बताउँदै उनले त्यो पानी आँधीखोलामा पुगेर समाहित भएको जानकारी दिए । आँधीखोलालाई दृष्टिविहीन बुबा र आमाप्रति छोरा श्रवण कुमारले देखाएको श्रद्धा र योगदानको प्रतीकका रूपमा पनि लिने गरिन्छ ।

उनका अनुसार सो शक्तिपीठमा भक्तजनले आप्mनो मनोकाङ्क्षासहित कार्य गर्दाको अघिल्लो दिन बेलुका आवश्यक सामग्रीको संकल्प गर्दा भोलिपल्ट सम्पूर्ण सामान आपैmँ तयार हुने दिएको थप किंवदन्ती पनि रहेको छ । यसरी उत्पत्ति हुने सामग्री एकपटक एकजना भक्तजनले चोरेर लगेका र त्यसपछि भने सङ्कल्प दिएका सामान प्राप्त हुन छोडेको पनि स्थानीय बासिन्दाको जनजिब्रोमा अझै रहिआएको छ ।

मन्दिर परिसरमा गौमुखे धारा, यज्ञशाला, शिवलिङ्ग, सन्तोषी माता, नवग्रहका मूर्ति, शिवजीको विशाल मूर्ति, राधाकृष्ण र गणेशको मन्दिर निर्माण गरिएको बताउँदै सचिव श्रेष्ठले धार्मिक क्षेत्रका शिलालाई गहिरिएर अध्ययन गर्दा गौथुनहरू, गणेशका मूर्ति, नाग, शिवका विभिन्न स्वरुप देख्न सकिने बताउँछन् ।

समितिका कोषाध्यक्ष सुवेदार रामकाजी श्रेष्ठका अनुसार मन्दिरमा पहिले पहिले गाईका बाच्छाबाच्छी चढाउने चलन भए पनि हाल भक्तजनले दिएको भाकलअनुसार परेवा चढाउने गरिन्छ । मन्दिरमा कुनै पनि किसीमको बली चढाउने प्रचलन भने छैन ।

विभिन्न धार्मिक पर्वसँगै दैनिक जस्तै आउने पर्यटक एवं भक्तजनले गर्ने दान तथा भेटीबाट वार्षिक २० लाख भन्दा बढी आम्दानी हुने दिएको बताउँदै उनले साउन महिनाको प्रत्येक सोमवारसहित अन्य दिनमा गरी सन्ध्या आरतीले धार्मिक क्षेत्रको महत्व बढाएको छ ।

एक महिनाको अवधिमा भक्तजनले चढाएको भेटीबाट राम्रै आम्दानी हुने दिएको स्मरण गराउँदै कोषाध्यक्ष श्रेष्ठले भने ‘पछिल्ला २ वर्षको अवधिमा दर्शनार्थीको कमीका कारण खासै आम्दानी भएको छैन । पछिल्लो करिब डेढ वर्ष त मुलुकमा कोरोना महामारीका कारण आन्तरिक पर्यटकको पनि चहल पहल देखिँदैन भने बन्दाबन्दीका क्रममा त मन्दिर पनि बन्द नै भएको थियो ।’

सो धार्मिक क्षेत्रमा विशेषगरी नयाँ वर्ष, साउने संक्रान्ति सहित सोही महिनाको प्रत्येक सोमवार १ सय ८ पीपलका जलधारा, जीज भेला, कृष्ण जन्माष्टमी मेला, महाशिवरात्री, मातातीर्थ औँसी लगायतका विभिन्न पर्वमा भक्तजनको भीड लाग्ने दिएको बताउँदै सचिव श्रेष्ठले यहाँ विवाह, ब्रतवन्ध लगायतका शुभकार्य समेत हुने दिएको जानकारी दिए । सो अवसरमा स्थानीय कृषि उत्पादन, घरेलु सामाग्रीको समेत बिक्री वितरण हुने दिएको छ ।

पोखरादेखि भौरहवा सिद्धार्थ राजमार्ग खण्डको सुगम स्थानमा अवस्थित सो क्षेत्रमा गाडी रोकेर यात्रुहरू उक्त शक्तिपीठको दर्शन गर्ने र चिया खाजा खाने एक किसीमको विसौनीजस्तो स्थानको रूपमा पनि पछिल्लो समयमा विकसित भएको छ । यसरी यो स्थान धार्मिक एवं मनोरम दृष्यावलोकन गर्ने स्थलका रूपमा विकास हुनुको साथै स्थानीय व्यापारीहरूलाई आयआर्जनका रूपमा पनि सहयोग पुग्ने दिएको स्थानीयको सामूहिक धारणा छ ।

छायाँ क्षेत्र शिव मन्दिर परिसरको पश्चिम मागमा १ सय ८ जलधारासहितका शिवलिंग निर्माण गरिने भएको छ । आगन्तुक भक्तजन तथा पर्यटकको आकर्षण अभिवृद्धि गर्ने लक्ष्यका साथ छाङछाङदी झरनाको जलले स्नान गर्ने व्यवस्थाका साथ ६० लाखको लागतमा उक्त धारासहित शिवलिङ्ग निर्माण गर्न लागिएको हो ।

उक्त धार्मिक क्षेत्रको भौतिक निर्माणका लागि सञ्चालित महायज्ञबाट ६० लाख संकलन भएको थियो भने जग्गा विस्तारका लागि ग्याविन भर्ने, पर्खाल निर्माण र सुविधा सम्पन्न शौचालय निर्माणका लागि नगरपालिका, भूसंरक्षण, सहरी विकास, निर्वाचन क्षेत्र पूर्वाधार विकासलगायत विभिन्न संघसंस्थाको साझेदारी कार्यक्रममार्पmत ७० लाख प्राप्त भएको समितिका सचिव श्रेष्ठले जानकारी दिए ।

शिवलिंगसहित जलधारा निर्माणका लागि भक्तजनबाट आर्थिक संकलन गरिने छ । जसमा एउटा धारा बराबर २५ हजारको हाराहारी खर्च लाग्ने समितिको अनुमान रहेको छ । अहिलेसम्म मुलुकका विभिन्न स्थान पुण्यभूमिको दर्शन गर्न आउने भक्तजनले आप्mनो तर्पmबाट १ देखि ३ वटासम्म धारा निर्माण गर्ने प्रतिबद्धता समेत जनाइसकेका छन् । भक्तजनको प्रतिबद्धतासँगै धार्मिक क्षेत्रको विकास निर्माणमा समितिलाई उत्साह थपेको छ ।

राजमार्गमा गुडीरहेका यातायातका साधनबाटै यात्रुले मन्दिर परिसर स्पष्ट देख्न सकिने गरी पहाड तथा रूख कटान गर्ने, पार्क निर्माण, तिर्थयात्रुका लागि आवास तथा भोजन गृह, पीठको स्थापना गरी यस क्षेत्रलाई अन्तरराष्ट्रियस्तरको धार्मिक गन्तव्यका रूपमा विकास गर्ने, मठमन्दिर निर्माणका साथै आवश्यकताअनुसार खानेपानीको व्यवस्थासहित सुविधायुक्त आधुनिक शौचालयको निर्माण गर्ने समितिकाले दीर्घकालीन सोचअनुसार भौतिक विकासमा जोड दिँदै आएको छ ।

भिरकोट नगरपालिकाका प्रमुख छायाराम खनालका अनुसार मन्दिरको डिपिआरका आधारमा भौतिक पूर्वाधार निर्माणका लागि २ वर्षको अवधिमा प्रदेश सरकार, नगरपालिका र मन्दिर समितिको साझेदारी कार्यक्रमअन्तर्गत २ करोड २५ लाख लगानी भइसकेको छ । समितिले भक्तजनबाट मन्दिरमा चढाएको भेटी बैंक खातामा जम्मा गर्ने आवश्यक खर्च चेकमार्पmत गर्ने हुँदा आर्थिक पारदर्शिता रहेको उनले विश्वास व्यक्त गरे । प्रदेश सरकारको नयाँ गन्तव्य स्थलमा समावेश दिएको यस क्षेत्रमा एकसय फिट अग्लो त्रिशूलसमेत निर्माण गर्ने तयारी भइरहेको जानकारी दिए ।

यसैबीच, कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मुलुकमा बारम्बार गर्नु परेका बन्दाबन्दीको कारण यस धार्मिक क्षेत्रमा दर्शनार्थी ह्वात्तै घटेका छन् । दान र भेटीबाट वार्षिक २० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने दिएको धार्मिक संस्थामा हाल शून्य जस्तै भएको कोषाध्यक्ष श्रेष्ठको भनाइ छ ।
पछिल्लो समयमा मन्दिरमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी नित्यपूजा आरधना गर्ने व्यवस्था मिलाइएको छ । कोरोना भाइरसका कारण बन्दाबन्दीका समयमा पनि मन्दिर परिसरमा भौतिक संरचना निर्माण कार्यलाई तीव्रता दिइएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखराबाट लगभग ५५ किलोमिटर दूरीमा अवस्थित अलौकिक उक्त धार्मिक क्षेत्रको भौतिक विकासका साथै प्रचारप्रसारमा जोड दिन सक्ने हो भने आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धनका साथै सो क्षेत्रका बासिन्दाको आयआर्जनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ । –हरि बास्तोला/ रासस

Related News

सम्बन्धित समाचार

  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…
  • पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँवर्षदेखि प्रदर्शनी केन्द्रमा हुने श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको तयारी तीब्र पारिएको छ ।…
  • वाल्मीकि आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता

    आदर्श समाज सम्वाददाता चैत्र ३, २०८०
    चितवन ।  ऐतिहासिक महत्व बोकेको चितवन राष्ट्रिय निकुञ्जको जंगलभित्र अवस्थित पौराणिक भूमि वाल्मीकि आश्रम जान भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता…

hero news full width