वालिङको गह्रौं प्राथमिक अस्पताललाई १८  शय्या सहयाेग

आदर्श समाज सम्वाददाता
वैशाख ३०, २०७८
walling

वालिङ । वालिङस्थित गह्रौं प्राथमिक अस्पताललाई यहाँका सहकारी तथा संघ संस्थाहरुले शय्या हस्तान्तरण गरेका छन् ।

द्रूत गतिमा फैलिरहेको कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अस्पतालमा निर्माणाधीन आइसोलेसन कक्षका लागि शय्या हस्तान्तरण गरेका हुन् ।
‘१ संस्था १ शड्ढया’ हस्तान्तरण अभियानअन्तर्गत यहाँका १८ सहकारी तथा संघ संस्थाद्वारा सामूहिकरुपमा अस्पताललाई १८ शड्ढया हस्तान्तरण गरेका हुन् ।

महामारीको रुपमा फैलिएको कोभिडको रोकथामका लागि नगरपालिकाले जनस्वास्थ्य विपद अवस्थाको घोषणा गरी नियन्त्रणलाई अगाडि बढाइरहेका बेला विभिन्न संघ संस्था तथा सहकारीद्वारा प्राप्त सहयोगप्रति नगरप्रमुख दिलीप्रताप खाँडले आभार व्यक्त गरे ।

‘कोभिड रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले आइसोलेसन कक्ष निर्माण गरिरहेको हुँदा इच्छुक संघ संस्था तथा व्यक्तिलाई सहयोगका लागि आह्वान ग¥यौं,’ नगर प्रमुख खाँणले भने । उनले भने, ‘नगरपालिकाले गरेको आह्वानलाई स्वीकार गर्दै वालिङस्थित सहकारीहरु तथा संघ संस्थाद्वारा आधुनिक शय्या उपलब्ध गराउनुभएको छ ।’

सहकारी तथा संघ संस्थाले उपलब्ध गराएका शय्याहरुको सदुपयोग गर्दै संक्रमितको उपचार कक्षमा प्रयोग गर्ने उपप्रमुख कल्पना तिवारीले स्पष्ट पारिन् ।

उनले अस्पतालमा आइसोलेसन निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउँदै संक्रमितको अवस्था हेरी अन्य स्थानमा पनि आइसोलेसन कक्ष सञ्चालन गर्ने प्रक्रियामा रहेको जानकारी दिइन् ।

संक्रमणका बेला सहकारीले यहाँका नागरिकहरुको जीवन रक्षाका लागि सहयोग पुगोस् भन्ने हेतुले अस्पताललाई शय्या उपलब्ध गराएको समन्वयकारी भूमिका खेलेका  जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा समिति संयोजक मुक्तिप्रसाद पाण्डेले बताए ।

‘सहकारीले विपदका समयमा मानवीयतालाई अगाडि सारेर अग्रपंक्तिमा रहेर काम गर्नुपर्छ भन्ने मान्यताले समन्वय र सहकार्य ग¥यौं,’ पाण्डेले भने । ‘इच्छुक सहकारीबीच छलफल ग¥यौं र शय्या उपलब्ध गराउने निर्णय गरी हस्तान्तरण गरेका हौं ।’

Related News

सम्बन्धित समाचार

hero news full width