गण्डकी मुख्यमन्त्रीमा पृथ्वीसुब्बाको दोस्रो सपथ

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०७८
cm ps 2nd oath

फाइल तस्बिर

पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्रीमा एमालेका पृथ्वीसुब्बा गुरुङले सपथ खाएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को ३  बमोजिम नियुक्त गरी बुधबार साँझ आफ्नै निवासमा उनलाई सपथ खुवाएकी हुन् । अहिले निवास वरपर कडा सुरक्षा व्यवस्था गरिएकाे छ ।

मुख्यमन्त्री अहिले कोभिड संक्रमित भएका कारण सपथग्रहणमा निकै कम मात्रलाई बस्न दिइएको छ । पत्रकार सबै गेटबाहिर उभिएका छन् ।

गण्डकी प्रदेशमा सरकार गठनका लागि कांग्रेससहितको गठबन्धनले गरेको दाबीका बाबजुद ठूलो दलको हैसियतले पृथ्वीसुब्बा गुरुङले अवसर पाएका हुन् ।

गठबन्धनबाट कांग्रेसका कृष्णचन्द्र नेपालीले बुधबार दाबी निवेदन पेस गरेका थिए । ४ दलको समर्थन भनिए पनि बहुमत सांसदको हस्ताक्षर भने थिएन । विश्वासको मत लिने बेलामा बहुमत पु¥याउने दाबीका साथ गठबन्धनले निवेदन दिएको थियो ।

मुख्यमन्त्रीबाट गुरुङले वैशाख २६ गते राजीनामा दिएपछि प्रदेश प्रमुखलले बहुमतको सरकार गठनका लागि ३ दिनको समय दिएकी थिइन् ।
मुख्यमन्त्रीमा सपथ खाएपछि गुरुङले फेरि एक महिनाभित्रमा विश्वासको मत लिनु पर्नेछ । जुन उनका लागि अहिले कठीन देखिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width