पोखरामा राजनीतिक सरगर्मी, कारवाहीमा परेका कृष्ण थापा बागलुङको घरमा

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०७८
krishna thapa

पोखरा । पोखरामा राजनीतिक सरगर्मी बढिरहेका बेला जनमाेर्चाका सांसद कृष्ण थापा बागलुङ पुगेका छन् । बागलुङ घरमा पुगेर उनले फाेटाे समेत अपडेट गरेका छन् ।

उनले भनेका छन् आज  २०७८। १। २९, २‌.५ बजे जैमिनी ४  सर्कुवा, बागलुङ आफ्नै घरमा । काम विशेषले ।

उनले फेसबुकमा याे स्टाटस लेखिरहँदा प्रदेश सभा सचिवालयमा उनलाई संसदीय दलकाे नेताबाट हटाएकाे पत्र दर्ता भएको थियाे । २ बजेर ६ मिनेटमा पत्र दर्ता भएको हो ।

आदर्श समाजसँग कुरा गर्दै उनले आफूलाई पार्टीले प्रष्टीकरण नसाेधकाे बताएका छन् ।

आफू बागलुङ घर गैसकेकाे भन्दै उनले, कुनै नेताले फाेन नगरेकाे बताए । `मलाई कसैले फाेन गरेकाे छैन । मैले नि गरिनँ,´ उनले भने, `म बागलुङ जैमिनी घरमा छु । बिहान ७ बजे आएकाे हुँ ।´

कांग्रेसलाई साथ दिन नसक्ने भनेर उनले पार्टी ह्वीप नै उल्लंघन गरेका छन् । उनी आफूले कुनै गलत सम्झाैता नगरेकाे बताएका छन् ।

`सरकारमा जान्न । कुनै गलत नियतले सम्झाैता गरेकाे पनि छैन,´ थापा भन्छन्, `मलाई मेराे मनले कांग्रेसलाई सघाउन दिएन । हस्ताक्षर गरिनँ ।´ । कुनैपनि हालतमा विपक्षीलाई सरकार बनाउने प्रश्तावमा हस्ताक्षर नगर्ने उनकाे भनाई छ ।

Related News

सम्बन्धित समाचार

  • बेलुन बिस्फोटले उपप्रधानमन्त्री र मेयर घाइते

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । पोखरा भ्रमण वर्ष–२०२५ को औपचारिक उद्घाटनक्रममा बेलुन पड्किएर उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज…
  • पुलिसलाई हराउँदै ब्ल्याक बुल्स च्याम्पियन

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । २४ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले उपाधि जितेको…
  • सफल पोखरा म्याराथनमा दौडियो पोखरा

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ । पोखरा रंगशालाबाट…
  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • आहारारामा को होला च्याम्पियन ?

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सहारा क्लब पोखरा आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा…

hero news full width