पोखरा । पोखरामा राजनीतिक सरगर्मी बढिरहेका बेला जनमाेर्चाका सांसद कृष्ण थापा बागलुङ पुगेका छन् । बागलुङ घरमा पुगेर उनले फाेटाे समेत अपडेट गरेका छन् ।
उनले भनेका छन् आज २०७८। १। २९, २.५ बजे जैमिनी ४ सर्कुवा, बागलुङ आफ्नै घरमा । काम विशेषले ।
उनले फेसबुकमा याे स्टाटस लेखिरहँदा प्रदेश सभा सचिवालयमा उनलाई संसदीय दलकाे नेताबाट हटाएकाे पत्र दर्ता भएको थियाे । २ बजेर ६ मिनेटमा पत्र दर्ता भएको हो ।
आदर्श समाजसँग कुरा गर्दै उनले आफूलाई पार्टीले प्रष्टीकरण नसाेधकाे बताएका छन् ।
आफू बागलुङ घर गैसकेकाे भन्दै उनले, कुनै नेताले फाेन नगरेकाे बताए । `मलाई कसैले फाेन गरेकाे छैन । मैले नि गरिनँ,´ उनले भने, `म बागलुङ जैमिनी घरमा छु । बिहान ७ बजे आएकाे हुँ ।´
कांग्रेसलाई साथ दिन नसक्ने भनेर उनले पार्टी ह्वीप नै उल्लंघन गरेका छन् । उनी आफूले कुनै गलत सम्झाैता नगरेकाे बताएका छन् ।
`सरकारमा जान्न । कुनै गलत नियतले सम्झाैता गरेकाे पनि छैन,´ थापा भन्छन्, `मलाई मेराे मनले कांग्रेसलाई सघाउन दिएन । हस्ताक्षर गरिनँ ।´ । कुनैपनि हालतमा विपक्षीलाई सरकार बनाउने प्रश्तावमा हस्ताक्षर नगर्ने उनकाे भनाई छ ।
Related News
सम्बन्धित समाचार
निसीखोला दुर्घटनाका घाइते भन्छन्- चालकको लापरबाहीले दुर्घटना भयो
सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने दोषी प्रमाणित भए कारबाही गर्नेे प्रधानमन्त्रीको प्रतिबद्धता
पोखराको काहुँडाँडामा भीषण आगलागी
बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ७ को मृत्यु, २० घाइते
मनाङेले लिए मन्त्रीको सपथ, टिक्ला पाण्डे सरकार ?
hero news full width
मुख्य समाचार
दीपक मनाङेलाई भाैतिक मन्त्रालय
चौथो पटक मन्त्री बन्दै दीपक मनाङे, आजै शपथ खुवाउने तयारी
चैत्र ५, २०८०सुन तस्करीमा संलग्न रहेको आरोपमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राउ
चैत्र ५, २०८०गण्डकीका नयाँ प्रदेश प्रमुख भट्टले सम्हाले पदभार
चैत्र ४, २०८०विश्व पर्यटन बजारमा पोखराको ‘ब्राण्डिङ’ हुन्छ : मुख्यमन्त्री पाण्डे
चैत्र ४, २०८०बाबुरामलाई संसद सचिवालयले भन्यो : महिन्द्रराय र उमरावती माओवादीकै सांसद
चैत्र ४, २०८०