फेदीखोलामा कृषि एम्बुलेन्स, किसानलाई राहत

भवानी अधिकारी
वैशाख २९, २०७८
Agirculture Amb

स्याङ्जा । किसानका उत्पादनलाई खेर जान नदिन फेदीखोला गाउँपालिकाले ‘कृषि एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस संक्रमण बढ्नेक्रम जारी रहेका बेला कृषि एन्बुलेन्स सञ्चालनमा ल्याएर किसानलाई राहत र स्थानीयलाई हरियो तरकारी खाने व्यवस्था पालिकाले मिलाएको हो ।

कृषकलाई कृषिसँग जोड्न र उनीहरुद्वारा उत्पादित वस्तुको मूल्यसहितको बजार व्यवस्थापनका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।

कृषि एम्बुलेन्सले कृषि उपज बजारसम्म पुर्‍याउन सहज भएको छ

स्थानीय कृषि उपज बजार व्यवस्थापन सहकारी, मूूल्य शृंखला परियोजना र गाउँपालिकाको साझेदारीमा पिक अप भ्यान खरिद गरी कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो । भ्यान अब दिनहुँ किसान कहाँ पुगेर कृषि उपज ओसार्न प्रयोग हुनेछ ।

कृषि उपज बजार व्यवस्थापन सहकारीले खरिद गरी बिक्री गर्छ । कृषि एम्बुलेन्स सञ्चालनपछि कोरोनाका कारण कृषि उपज बजारसम्म पु¥याउन कठिनाई हुनेछैन । कोरोनाका कारण गत वर्ष जिल्लाका केही स्थानमा उत्पादित वस्तु बजारसम्म पु¥याउन नपाउँदा खेत बारीमै सडाउनु परेको थियो ।

पालिकाले २५ प्रकारका कृषिजन्य उत्पादनको न्यूनतम समर्थन मूल्य तोकेको छ । किसानका कृषि उपजलाई बजार मूल्य उपलब्ध गराउन गाउँपालिकाले सहयोग गर्ने गरेको सहकारीका प्रबन्धक नविन परियारले जानकारी गराए ।
किसानका खेतबारीमा अहिले बन्दा, काक्रो, लौका, सिमी, गोलभेडा, बोडी, धनिया लगायतका बेमौसमी तरकारी फलेका छन् । पालिकाभित्रका ५ वटै वडामा कृषि उपज संकलन केन्द्र स्थापना गरिएको पालिकाले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width