कास्की कांग्रेसले आइसोलेसन र एम्बुलेन्स चलाउने

आदर्श समाज सम्वाददाता
वैशाख २९, २०७८
nc

पोखरा । नेपाली कांग्रेस कास्कीले पार्टी कार्यालयलाई आइसोलेसन वार्ड बनाउन दिने र एम्बुलेन्स सञ्चालन सम्बन्धी निर्णय बारे मंगलबार जिल्ला प्रशासन कार्यालय कास्कीलाई जानकारी गराएको छ ।

सरकारलाई आवश्यक परेमा पोखरा ४ स्थित चिप्लेढुंगा र पोखरा ३० स्थित खुदीमा रहेको पार्टी कार्यालय कोरोना संक्रमितका लागि आइसोलेसन वार्ड बनाउन दिने बारेमा पार्टीले गरेको निर्णय जानकारी गराएको हो ।

कास्की कांग्रेसले संक्रमितलाई अस्पतालसम्म पुग्न कठिनाइ हुने गरेको र महंगो रकम तिर्नुपर्ने अवस्था रहेकाले पार्टीले जेठ १ गतेदेखि एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको जानकारी गराउँदै प्रशासनसँग अनुमति पनि लिएको छ ।

नेपाली कांग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाट र प्रवक्ता नवीन सिग्देल मंगलबार जिल्ला प्रशासन कार्यालय कास्की पुगेर कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई पार्टीको निर्णय जानकारी गराए । कास्की कांग्रेसका सभापति कृष्ण केसीद्वारा हस्ताक्षरित ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले आवश्यकता अनुसार समन्वय गर्दै जाने बताए ।

ज्ञापनपत्रमा संकटका बेला कोरोनाविरुद्वको भ्याक्सिन खरिदमा समेत सरकार कमिसनको खेलमा लाग्नु निन्दनीय भएको भन्दै खेद प्रकट गर्दै कमिशनको विषय तत्काल छानबिन गरी दोषीलाई कारवाही गर्न माग गरेको छ ।

Related News

सम्बन्धित समाचार

    • संस्कृत युवा मञ्चको घुम्ती रक्तदान

      आदर्श समाज सम्वाददाता जेठ ३०, २०७८
      पोखरा । संस्कृत युवा मञ्च नेपाल पोखराको आयोजनामा घुम्ती रक्तदान तथा सम्मान कार्यक्रम भएको छ । कोरोना महामारीका कारण पोखरामा…
    • पाइएन काम, फेवामा ‘फिसिङ’

      धनबहादुर गुरुङ जेठ ३०, २०७८
      पोखरा । तनहुँ म्याग्दे घर भएका कमल परियारको दिनचर्या फेवातालमा माछा खोज्दै बित्छ । दोस्रो चरणको लकडाउन सुरु भयो र…
    • चुनाैतीका चाङबीच कांग्रेसका कृष्णचन्द्र बने मुख्यमन्त्री  

      प्रकाश ढकाल जेठ ३०, २०७८
      पोखरा । प्रमुख प्रतिपक्षी सरकार कुर्ने पार्टी हो । कथमकदाचित बहुमत प्राप्त सरकार तलमाथि भए त्यो जिम्मेवारीमा प्रतिपक्षी पुग्छ ।…
    • ट्राफिक प्रहरीलाई पोउवा संघको सहयोग

      आदर्श समाज सम्वाददाता जेठ २८, २०७८
      पोखरा । पोखरा उद्योग वाणिज्य संघले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोभिड १९ को…
    • कोभिड हेल्पलाइनलाई नेलम्बोको सहयोग

      श्रीभद्र पौडेल जेठ २५, २०७८
      हेमजा । अन्नपूर्ण कोभिड हेल्पलाइनलाई पोखरा ४ स्थित नेलम्बो नेपालले स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको छ । आइतबार नेलम्बोका जनसम्पर्क…

    hero news full width

    Fishtail

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग