फाइल तस्बिर
पोखरा । कोरोना भाइरस संक्रमण कारण गएको २४ घण्टामा २ सय २५ जनाको मृत्यु भएको छ । यो संख्या एकै दिनमा मृत्यु हुनेमध्ये सबैभन्दा उच्च हो । सोमबार १ सय ३९ को ज्यान गएको थियो । नेपालमा कोभिड–१९ मृत्यु हुनेको संख्या कुल ४ हजार ८४ पुगेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालभर मंगलबार २० हजार ५ सय ९६ पिसिआर परीक्षणमा ९ हजार ४ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १११ पुगेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ५ हजार २ सय २५ निको भए ।
यस्तै, सक्रिय संक्रमित झण्डै लाख पुगेको छ । देशभर ९७ हजार ८ जना सक्रिय संक्रमित रहेका हुन् । तीमध्ये होम आइसोलेसनमा ८९ हजार ९ सय १४ र संस्थागत आइसोलेसनमा ७ हजार ९४ जना बसिरहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये १ हजार ८४ जना आइसियु र २ सय ९० जना भेन्टिलेटरमा रहेका हुन् ।
गण्डकीमा १२ को मृत्यु
गण्डकी प्रदेशमा थप १२ संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार विज्ञप्ति जारी गरी प्रदेशमा कुल २ सय ८८ जनाको कोभिड–१९ का कारण ज्यान गएको जनाएको हो । पछिल्लो समय मृत्यु हुनेमा कास्कीका ६ जना, रुपन्देही र म्याग्दीका २/२, स्याङ्जा र तनहुँका १/१ जना छन् ।
पोखरा १७ का ८४ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गएराति मृत्यु भयो । स्याङ्जाको भीरकोट १ का ६८ वर्षीय पुरुषको सोमबार दिउँसो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमै ज्यान गयो । पश्चिमाञ्चल सामुदायिक अस्पतालमा सोमबार तनहुँको व्यास १ की ५७ वर्षीया महिला र पोखरा १६ की ६० वर्षीया महिलाको मृत्यु भयो ।
मणिपाल शिक्षण अस्पतालमा रुपन्देहीको बुटवल ११ की ५५ वर्षीया महिला र पोखरा ८ का ६५ वर्षीय पुरुषको गएराति मृत्यु भयो । मणिपालमै गएराति म्याग्दीको बेनी ९ की ५२ वर्षीया महिलाको मृत्यु भएको छ ।
पोखरा ६ का ५२ वर्षीय पुरुषको फिस्टेल अस्पतालमा गएराति मृत्यु भयो भने होम हाइसोलेसनमै पोखरा २१ का ८० वर्षीय पुरुषको मृत्यु भएको छ । गण्डकी मेडिकल कलेजमा गएराति पोखरा ६ की एक महिलाको मृत्यु भयो । रुपन्देहीको सैनामैना १ का ४० वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा मंगलबार बिहान मृत्यु भएको छ ।
म्याग्दीको बेनीका ६० वर्षीय पुरुषको मंगलबार वेनी अस्पतालमा मृत्यु भयो ।
गण्डकीमा ६२४ संक्रमित थपिए
गण्डकीमा मंगलबार ६ सय २४ जना नयाँ संक्रमित थपिएका छन् । १ हजार १ सय ५६ जनाको स्वाब परीक्षण गर्दा प्रदेशमा ५३.९७ प्रतिशत अर्थात् ६ सय २४ जनामा पोजेटिभ देखिएको हो ।
सबैभन्दा बढी कास्कीमा ३ सय ५६ तथा सबैभन्दा कम मुस्ताङ र बागलुङमा २÷२ जनामा संक्रमण पुष्टि भएको छ । स्याङ्जामा ८६, पर्वतमा ६०, नवलपुरमा ४५, तनहुँमा ३७, गोरखामा २५, म्याग्दीमा ८ र लमजुङमा ३ संक्रमित थपिएका छन् । योसँगै गण्डकीमा सक्रिय संक्रमितको संख्या ६ हजार ३३ पुगेको छ । मंगलबार १ सय १२ जनाले कोरोना जितेका छन् ।
Related News
सम्बन्धित समाचार
‘ब्याक टु नाइन्टिज’ आज, पोखराका चर्चित ७ ब्याण्ड एकै स्टेजमा
बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा परेड अवलोकन
थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित
ज्येष्ठ नागरिक समाजबाट सम्मान
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
hero news full width
मुख्य समाचार
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१संस्कृत माविको १२४ औं अभिभावक दिवस
माघ २२, २०८१