हत्या र बलात्कारमा संलग्न ६ जना सार्वजनिक

आदर्श समाज सम्वाददाता
वैशाख २८, २०७८
aviyukta

म्याग्दी । म्याग्दी प्रहरीले हत्या तथा बलात्कारमा संलग्न ६ जनालाई मंगलबार सार्वजनिक गरेको छ । मालिका ५ देवीस्थानस्थित पुनथोकका धजेन्द्र पुनको हत्यामा संलग्न ५ जना र देवीस्थानकै ११ वर्षीया बालिका बलात्कार गर्ने सोही ठाउँका २१ वर्षीय विजय विकलाई प्रहरीले सार्वजनिक गरेको हो ।

गत वैशाख १४ गते हराएका भनिएका धनेन्द्रको सोही ठाउँमा घर भई कास्कीको पोखरामा बस्ने २१ वर्षीय भेषबहादुर विक र रामबहादुर परियारले अन्य ३ जनाको सहयोगमा हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए । अन्य ३ जना १८ वर्षमुनिका भएकाले सार्वजनिक नगरिएको प्रनाउ राईले जानकारी दिए । पुरानो रिसइबीका कारण धजेन्द्रको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । आरोपितले भेषबहादुरको दाजुको विवाहमा निम्तो मान्न गएका धजेन्द्रको ५ जना मिलेर हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् ।

धजेन्द्रको शव पुनथोकको मार्चुला सामुदायिक वनको बराहथानस्थित ओडारमा गाडिएको अवस्थामा फेला परेको थियो ।

कुटपिटपछि पुनको मृत्यु भएपछि ओेडारमा शव लुकाएर पोखरा गएका ४ जना पोखराबाट १ जना गाउँबाटै प्रक्राउ परेका हुन् ।

अभियुक्तले घटनास्थलमा छाडेको मोबाइल सेट, घाँटी अँठ्याउन प्रयोग भएको चार्जरको कनेक्टर तार र उनीहरुको पुरानो सम्बन्धलाई आधार मानेर प्रहरीले अनुसन्धान गरेको थियो ।

यता, ११ वर्षीया बालिका बलात्कार गरी फरार भएका सोही गाउँका २१ वर्षीय विजय विकलाई प्रहरीले सार्वजनिक गरेको छ । उनले बालिकालाई १ सय रुपयाँको प्रलोभन देखाएर बलात्कार गरेको पीडितका आफन्तले वैशाख १९ मा प्रहरीमा जाहेरी दिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width