ढोरपाटनमा ट्याक्सी दुर्घटना, २ जनाको मृत्यु, १ घाइते

आदर्श समाज सम्वाददाता
वैशाख २८, २०७८
accident

बागलुङ । बागलुङ जिल्ला ढोरपाटन नगरपालिका–५ प्याङखोलामा ट्याक्सी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन् ।

मंगलबार साँझ पोखराबाट प्याङ्खोला जाँदै गरेको ध१ज ५२८ नम्बरको ट्याक्सी प्याङ्खोला घुम्तीमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले बताए । उनका अनुसार प्याङ्खोलाकै ४० वर्षीय जोकबहादुर विक र चालक बडिगाड- १ ग्वालीचौरका ३५ वर्षीय ढालबहादुर थापाको मृत्यु भएको छ ।

दुर्घटनामा चालकसहित दुई जना घाइते भएका छन् । घाइते चालकको  उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगेपछि मृत्यु भएको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width