ट्रक मस्र्याङ्दीमा खस्दा २ को मृत्यु

आदर्श समाज सम्वाददाता
वैशाख २८, २०७८
tanahu accident (2)

दमौली । मस्र्याङ्दी नदीमा ट्रक खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा चालक बागलुङ गलकोट ८ पचुवा निवासी ३७ वर्षीय जय कँडेल र सहचालक ३५ वर्षीय मीनबहादुर कँडेल रहेको गण्डकी प्रदेश प्रहरी उपरीक्षक विनोद सिलवालले बताए ।

चितवनको मुग्लिनबाट तनहुँको आँबुखैरेनीतर्फ आउँदै गरेको ना३ख ९९७३ नम्बरको ट्रक आँबुखैरेनी गाउँपालिका–४ ऐना पहरास्थित आँपचौर घुम्तीबाट मस्र्याङ्दी नदीमा खसेको थियो । घटना रातिको समयमा भए पनि प्रहरीलाई मंगलबार बिहानमात्रै जानकारी भएको थियो ।

मृतक दाजुभाइ बागलुङ स्थायी घर भए पनि चितवनमा डेरा गरी बस्थे । ट्रक भुस लोड गरेर पोखरातर्फ जाँदै गरेको थियो । प्रहरी उपरीक्षक सिलवालका अनुसार शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads