मुस्लिम युवा क्लबद्वारा स्वास्थ्य सामग्री वितरण

भवानी अधिकारी
वैशाख २८, २०७८
syangja muslim

स्याङ्जा । स्याङ्जा मुस्लिम युवा क्लबले कोरोना भाइरस संक्रमणबारे सचेतनासहित स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट आफू बचौं र अरुलाई पनि बचाऔं भन्ने उद्देश्यका साथ क्लबले सार्वजनिक तथा मानिसको बढी आवत जावत हुने कार्यालयलाई ती सामग्री उपलब्ध गराएकाे हुाे ।

क्लबका अध्यक्ष सागिर अलि, महासचिव मुवारक मिया, कोषाध्यक्ष मरियम मिया लगायतको टोलीले जिल्ला प्रशासन कार्यालय, ट्राफिक कर्यालय, मुक्तिनाथ विकास बैंक लिमिटेड, बाडखोला, जिङ्दी, गहते र राङ्खोलामा पुगेर मास्क वितरण गरेको हुन् ।

प्रशासन कार्यालयमा ५ हजार वटा मास्क, १ सय वटा फेस सिल्डसहित ५० लिटर सेनिटाइजर र ट्राफिक कार्यालयमा १ हजार २ सय वटा मास्क, २० वटा फेस सिल्ड र २५ लिटर सेनिटाइजर प्रदान गरेका हुन् ।

यसैगरी, मुक्तिनाथ विकास बैंकमा ४ सय वटा मास्क, १० वटा फेस सिल्ड र ५ लिटर सेनिटाइजर उपलब्ध गराएको अध्यक्ष अलीले जानकारी दिए ।

भीरकोट घर भई हाल काठमाडौं निवासी अल मदिना प्यालेस होटलका सञ्चालक जनाव समिर खानबाट मास्क, सेनीटाइजर र फेस सिल्ड उपलब्ध भएको स्याङ्जा मुस्लिम युवा क्लबले जनाएको छ । उनले नेपाल मुस्लिम युवा समितिलाई १ सय लिटर स्यानिटाइजर, १ हजार थान मास्क, ५० थान फेस सिल्डका साथै विभिन्न स्वास्थ्य सामग्री सहयोग स्वरुप प्रदान गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads