नागरिकको जीवन रक्षा गर्न अन्तरिम आदेश   

आदर्श समाज सम्वाददाता
वैशाख २८, २०७८
Supreme-Court-of-Nepal

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ बाट नागरिकको जीवन रक्षाका लागि तत्काल प्रभावकारी ढंगले काम गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक औषधि र अक्सिजनको आपूर्ति सहज बनाउन तथा थप साधनधुक्त अस्पताललगायत पूर्वाधार तत्काल तयार गर्न आज आदेश जारी गरेको हो ।

“थप साधनयुक्त अस्पतालहरु सञ्चालन गर्ने गराउनेतर्फ आवश्यक पहल गर्नुपर्नेसमेतका समस्याहरूको समयमै आवश्यक सम्बोधन हुनुपर्ने अवस्था देखिएकोले आवश्यक पर्ने औषधि र अक्सिजनको आपूर्ति सहज बनाउनू”, आदेशमा भनिएको छ, “अस्पतालहरुमा बिरामीको चापलाई ख्याल गरी जनशक्तिको आपूर्ति तत्काल गर्नू ।”

नागरिकको जीवनसँग प्रत्यक्ष चासो राख्ने सरोकार पक्षको प्रतिनिधित्वसमेत हुने गरी एउटा कार्यसमितिको निर्माण गरी समस्या समाधान प्रभावकारी ढंगले गर्न गराउन स्वास्थ्य तथा स्वास्थ्य मन्त्रालयलाई आदेश दिइएको छ ।

कोरोना संक्रमणको महामारीबाट बचाउन परमादेशको माग गर्दै अधिवक्ता शैलेन्द्रप्रसाद अम्बेडकरले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।
रासस–––

Related News

सम्बन्धित समाचार

  • सफल पोखरा म्याराथनमा दौडियो पोखरा

    आदर्श समाज सम्वाददाता फागुन ३, २०८१
    पोखरा । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा १९ औं संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२५’ सुरु भएको छ । पोखरा रंगशालाबाट…
  • पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । पोखरा–२२, पुम्दीकोटमा यही ७ देखि १५ फागुनसम्म हुने श्रीमद्भागवत् एवं महाशिवरात्रि महिमा कार्यक्रममा यसअघि आयोजना भएका महायज्ञभन्दा बढी…
  • आहारारामा को होला च्याम्पियन ?

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सहारा क्लब पोखरा आयोजनामा जारी २४औं आहारारा पोखरा गोल्डकप फुटबलको फाइनल शनिबार हुँदैछ । उपाधिका लागि पोखरा रंगशालामा…
  • सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सराङकोट धार्मिक पर्यटकीय क्षेत्र बन्दै गएको बताएका…
  • पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता फागुन २, २०८१
    पोखरा । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय आयोजनामा लम्भी हिलमा बिहीबारदेखि श्रीमद्भागवत् गीता ज्ञानमहायज्ञ सुरु भएको छ । कलश यात्रा गरी सुरु…

hero news full width