एमाले कास्कीका नेता भण्डारीको निधन

आदर्श समाज सम्वाददाता
वैशाख २८, २०७८
shovakhar bhandari

पोखरा । नेकपा एमाले कास्कीका नेता शोभकर भण्डारीको कोरोना संक्रमणका कारण निधन भएको छ । पार्टी विवादपछि माधव नेपाल समूहले गठन गरेको समानान्तर समितिमा उनी जिल्ला कमिटी उपाध्यक्ष हुन् ।

भण्डारी महिला उद्यमी सीता बरालका पिता हुन् ।

१ साता अघि कोरोना पुष्टि भएका ६३ वर्षे भण्डारीलाई सुरुमा चरक मेमोरियल अस्पताल भर्ना गरिएको थियो । त्यसपछि थप उपचारका लागि मनिपालमा राखिएको र गएराति मनिपालमा नै निधन भएको हो ।

नेपाल प्रहरीको जागिर छाडेर उनी २०४३ सालमा नेकपा मालेमा आबद्ध भएका थिए । तत्कालीन समयमा उनले भूमिगत रहेर पनि राजनीति गरे । पछिको केही सयम उनी माओवादीका समेत आबद्ध रहे ।

पुस ५ मा केपी ओलीले संसद विघटन गरेपछि उनी माधव नेपालमा समूहमा आबद्ध भएका थिए ।

Related News

सम्बन्धित समाचार

    • संक्रमित घटेसँगै परीक्षणमा कमी

      धनबहादुर गुरुङ असार ६, २०७८
      पोखरा । प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराकी निमित्त निर्देशक सपना सुवेदीलाई २ साता अघिसम्म स्वाब परीक्षण गर्न भ्याइनभ्याइ थियो । तारन्तार…
    • शहरभन्दा गाउँमा कोरोना सङ्क्रण

      रासस असार ५, २०७८
      दमौली । कोभिड–१९ को दोस्रो लहरको शुरुआतमा तनहुँका शहरी क्षेत्रमा सङ्क्रमितको सङ्ख्या धेरै थियो । सुरक्षित हुने भन्दै निषेधाज्ञा जारी…
    • १५ हजारले पाएनन् कोभिसिल्ड दोस्रो डोज

      आदर्श समाज सम्वाददाता असार ५, २०७८
      नवलपुर । भारतबाट आएको कोभिड १९ विरुद्धको खोप कोभिसिल्डको पहिलो डोज खोप लगाएकामध्ये झण्डै १५ हजार नागरिकले नवलपुरमा दोस्रो डोज…
    • गण्डकीमा एक हप्तामा ४ हजार १९३ ले कोरोना जिते

      आदर्श समाज सम्वाददाता असार २, २०७८
      पोखरा । गण्डकी प्रदेशमा बुधबार ५ सय २५ जना कोरोना संक्रमणमुक्त भएका छन् । मंगलबार ३६० जनामा नेगेटिभ देखिएको थियो…
    • गण्डकीमा ४२ हजार ३ सय ८ जना कोरोनामुक्त

      आदर्श समाज सम्वाददाता जेठ २९, २०७८
      पोखरा । गण्डकी प्रदेशमा ४२ हजार ३ सय ८ जना कोरोनामुक्त भएका छन् । शुक्रबार ३४७ जनाले कोरोनामुक्त भएसँगै ४२…

    hero news full width

    sanil ads

    wordlink ads