टेम्पल ट्रीका आरएम आचार्यकाे कोरोनाले निधन 

आदर्श समाज सम्वाददाता
वैशाख २८, २०७८
krishna acharya

पोखरा ।  पर्यटनकर्मी कृष्ण आचार्यको कोरोना संक्रमणका कारण निधन भएको छ ।  उनी पोखराकाे लेकसाइडस्थित टेम्पल ट्री रिसोर्टमा रेसिडेन्ट म्यानेजर थिए ।

पोखराकै फिस्टेल हस्पिटलमा उपचारका क्रममा सोमबार साँझ निधन भएको परिवारले जनाएको छ । पहिला चरक मेमोरियल हस्पिटलमा जँचाएका उनी फर्केर घरमै बसेका थिए ।

छातीमा समस्या भएर स्वाश फेर्न गाह्राे भएपछि उनलाई फिस्टेल अस्पताल भर्ना गरिएको थियो ।

२ दसकदेखि पर्यटनकर्ममा आबद्ध उनको घर काठमाडाैं हो । उनका  श्रीमती र २ छोरा छन् । उनले यसअघि फूलबारी रिसाेर्ट र पोखरा ग्रान्डमा काम गरेको थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width