चट्याङ लागेर नवलपुरमा ३ मजदुर घाइते

रामकुमार श्रेष्ठ
वैशाख २८, २०७८
chattang2019-05-28

नवलपुर । पूर्वी नवलपरासीमा चट्याङ्ग लागेर ३ जना मजदुर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार विनयी त्रिवेणी गाउँपालिका १ जोगीकुटी स्थित विनयी खोलामा लु २ त ७७११ नम्बरको ट्याक्टरमा बालुवा लोड गर्ने क्रममा चट्याङ्ग लागेर ३ जना घाइते भएका हुन् ।

पानी परिरहेको अवस्थामा बालुवा लोड गरिरहेका मजदुरहरुलाई चट्याङ्ग लागेको थियो ।

चट्याङ्ग लागेर पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १४ निवासी ५६ बर्षीय लाल विहारी, २७ बर्षीय मोहन चमार र गुल्मीको गुल्गी दरबार गाउँपालिका २ बस्ने ४२ बर्षीय खिमबहादुर तङनामी घाइते भएका हुन् ।

उनीहरु मध्ये चमारको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको छ । घाइतेहरुका दुम्किबासको पर्वत मेडिकलमा उपचार भईरहेको नवलपुर प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width