सरकार गठनबारे छलफल गर्न कांग्रेस र जनमोर्चाको बैठक बस्दै

आदर्श समाज सम्वाददाता
वैशाख २८, २०७८
janamorcha

पोखरा । गण्डकी प्रदेशमा सरकार गठनको नेतृत्व गरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सरकार निर्माणको प्रमुख निर्णायक राष्ट्रिय जनमोर्चा बीच बैठक हुँदै छ ।

केहिबेर पछि कांग्रेस संसदीय दलको कार्यालय नदीपुरमा बैठक बोलाईएको हो । खासगरी नयाँ सरकार गठनमा जनमोर्चाको साथ र त्यसका लागि जनमोर्चाले राखेका सर्तबारे छलफल गर्न बैठक राखिएको हो ।

जनमोर्चाका सांसदहरु कांग्रेससँग रुष्ट छन् । आफ्नो निर्वाचन क्षेत्रमा सबैभन्दा बढी कांग्रेसले दुख दिएको भन्दै दलका नेता कृष्ण थापा सरकार गठनमा कांग्रेसलाई सहयोग गर्न नसक्ने बताउँदै आएका थिए । त्यसपछि सचेतक पियारी थापाले नै दलका नेतामाथी ह्वीप जारी गरेपछि आन्तरिक विवाद सतहमा आएको छ ।

कांग्रेस कार्यकर्ताले लगाएको आरोप र मुद्दा खेपिरहेका आफ्ना कार्यकर्ताको रिहाईको सर्त जनमोर्चाले राखेको छ । सम्भवतः त्यस विषयमा छलफल गर्दै मुद्धा फिर्ता लिने सहमति आज हुनेछ । जनमोर्चाले हस्ताक्षर गरेमा आजै गण्डकीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्रीमा नियुक्त हुनेछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width