प्राइम कमर्सियल बैंकमा आगलागी हुँदा ४० लाखको क्षति

आदर्श समाज सम्वाददाता
वैशाख २८, २०७८

चितवन । भरतपुर महानगरपालिका–१० चौबीसकोठीमा रहेको प्राइम कमर्सियल बैंकमा आगलागी हुँदा रु ४० लाख हाराहारीको क्षति भएको छ । सोमबार साँझ एक्कासि आगलागी हुँदा अनुमानित रु ४० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको हो ।

कार्यालयका अनुसार आगलागीबाट बैंकको १० थान कम्प्युटर, १० थान विभिन्न किसिमका प्रिन्टर, दुई थान फोटोकपी मेसिन, टेलिफोन सेट, पैसा गन्ती गर्ने मेसिन, दुई थान एसीमेसिन, स्टेटमेन्ट प्रिन्टर मेसिन, टोकन मेसिन, स्क्यानर मेसिन, पङ्खा, हाजिर गर्ने मेसिन र फेकनट डिटेक्टर मेसिन जलेर नष्ट भएको छ ।

यस्तै सिसीक्यामेरा, काउण्टरमा राखिएको डिस्प्ले, बिजुलीको मिटर, कुर्सी, टेबुल, फाइल ¥याक, स्टोर ¥याक क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट आन्तरिक सजावट, एयरकण्डिशन, वाइरिङलगायत पनि पूर्णरूपमा क्षति भएको छ । बैंकमा सोमबार साँझ ५ बजे एक्कासि आगलागी भएको थियो ।

नेपाल प्रहरी, सेनाको कालीबहादुर गण भरतपुर, भरतपुर महानगरपालिकाको दमकलको सहयोगमा आगो साँझ अबेर नियन्त्रणमा आएको थियो । विद्युत् चुहावट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।    रासस

Related News

सम्बन्धित समाचार

    • कास्कीमा दुर्घटनामा दुईको मृत्यु

      रासस असार ७, २०७८
      पोखरा–बाग्लुङ सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद…
    • स्याङजा सेतीवेणीका ८ घरमा पूर्णक्षति,

      आदर्श समाज सम्वाददाता असार २, २०७८
      स्याङ्जा । केहीदिनदेखिको लगातारको बर्षाका कारण कालीगण्डकी नदी बढेपछि सेतीवेणी बजारका ८ वटा घरमा पूर्ण क्षति पुगेको छ । उच्च…
    • भीरकोटमा जीप दुर्घटना एकको मृत्यु ६ घाईते

      आदर्श समाज सम्वाददाता असार २, २०७८
      स्याङ्जा । भीरकोट नगरपालिका ४ मा बुधबार बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एकजनाको सकुशल उद्धार…
    • मनसुनको सुरुमै वर्षाको वितन्डा

      आदर्श समाज सम्वाददाता असार २, २०७८
      पोखरा। मनसुन थप सक्रिय भएसँगै बाढीपहिरोले कास्कीसहित छिमेकी जिल्लामा क्षति पुगेको छ । भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त हुन पुगेको…
    • म्याग्दीका मुख्य सडक अवरुद्ध

      आदर्श समाज सम्वाददाता असार १, २०७८
      म्याग्दी । वर्षाका कारण म्याग्दीका मुख्य सडक अवरुद्ध भएका छन् । वर्षाका कारण खसेको पहिरोले बेनी–जोमसोम, बेनी–दरबाङ, बेनी–रत्नेचौर र बेनी–मालढुंगा…

    hero news full width

    sanil ads

    wordlink ads