पोखरा। गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितमध्ये थप १० जनाको मृत्यु भएको छ । तीमध्ये कास्की, म्याग्दी, पर्वत, स्याङ्जा २/२ जना तथा रुपन्देही र तनहुँका १÷१ जना छन् । ज्यान गुमाउनेमा पुरुष ९ र महिला १ जनामात्र हुन् । यो सहित प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ७३ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा ७ का ६७ वर्षीय पुरुषको आइतबार दिउँसो मणिपाल शिक्षण अस्पतालमा मृत्यु भयो । उनलाई वैशाख २० मा कोरोना देखिएको थियो ।
पोखरा १३ का ८७ वर्षीय पुरुषको सोमबार बिहान होम आइसोलेसनमै ज्यान गएको छ । उनलाई वैशाख २४ मा कोरोना पुष्टि भएको थियो ।
त्यस्तै, स्याङ्जाको फेदीखोला ९ की ६२ वर्षीया महिलाको गएराति गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको छ । उनलाई वैशाख २३ कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो ।
स्याङ्जाकै गल्याङ ३ का ८४ वर्षीय पुरुषको गएराति चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । उनलाई वैशाख २१ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।
म्याग्दीको धौलागिरी गाउँपालिका २ का ३७ वर्षीय पुरुषको सोमबार बिहान गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई वैशाख २३ मा कोरोना देखिएको थियो ।
रुपन्देही जिल्लाको बुटवल १ का ३४ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार बिहान फिस्टेल अस्पताल पोखरामा मृत्यु भयो । उनलाई अघिल्लो दिनमात्र कोरोना पुष्टि भएको हो ।
पर्वतको कुष्मा नगरपालिका १ का ४७ वर्षीय पुरुषको आइतबार दिउँसो धौलागिरि अस्पतालमै उपचारक्रममा मृत्यु भयो । उनलाई वैशाख २१ मा कोरोना पुष्टि भएपछि उपचारार्थ भर्ना गरिएको हो ।
तनहुँको भानु नगरपालिका १ का ६५ वर्षीय पुरुषको आइतबार दमौली अस्पतालमा मृत्यु भएको छ । उनलाई सोही दिन कोरोना भाइरस देखिएको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ७२ वर्षीय पुरुषको कोरोना पुष्टि भएकै दिन आइतबार दिउँसो बेनी अस्पतालमा मृत्यु भयो ।
पर्वतको कुष्मा ४ का ६७ वर्षीय पुरुषको सोमबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारक्रममा मृत्यु भयो । ५ दिनअघि कोभिड–१९ पुष्टि भएका उनलाई निमोनियासमेत थियो ।
Related News
सम्बन्धित समाचार
डिपेन्डेन्ट भिसामा युके लैजान्छु भनी ठगी आरोपमा पक्राउ
सफल पोखरा म्याराथनमा दौडियो पोखरा
पुम्दीकोटमा दर्शक बढ्ने अपेक्षा
आहारारामा को होला च्याम्पियन ?
सराङकोट धार्मिक पर्यटकीय क्षेत्रः सञ्चारमन्त्री गुरुङ
hero news full width
मुख्य समाचार
पोखराको लभ्ली हिलमा गीता ज्ञानमहायज्ञ सुरु
पाेखरामा २० लाख पर्यटक भित्र्याउने लक्ष्य
फागुन १, २०८१पुराना रुख काट्नेलाई कारबाहीको माग
फागुन १, २०८१पाँचपल्टको विजेता थ्रि स्टारलाई रोक्दै ब्ल्याक बुल्स फाइनलमा
फागुन १, २०८१कर्मयोगी भक्तराज सम्मानित
फागुन १, २०८१ऐतिहासिक खेलमा सर्वाधिक विजेता पुलिसको जित
फागुन १, २०८१