गण्डकीमा थप १० संक्रमितको मृत्यु

आदर्श समाज सम्वाददाता
वैशाख २७, २०७८
Corona Banner

पोखरा। गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितमध्ये थप १० जनाको मृत्यु भएको छ । तीमध्ये कास्की, म्याग्दी, पर्वत, स्याङ्जा २/२ जना तथा रुपन्देही र तनहुँका १÷१ जना छन् । ज्यान गुमाउनेमा पुरुष ९ र महिला १ जनामात्र हुन् । यो सहित प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ७३ पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा ७ का ६७ वर्षीय पुरुषको आइतबार दिउँसो मणिपाल शिक्षण अस्पतालमा मृत्यु भयो । उनलाई वैशाख २० मा कोरोना देखिएको थियो ।

पोखरा १३ का ८७ वर्षीय पुरुषको सोमबार बिहान होम आइसोलेसनमै ज्यान गएको छ । उनलाई वैशाख २४ मा कोरोना पुष्टि भएको थियो ।

त्यस्तै, स्याङ्जाको फेदीखोला ९ की ६२ वर्षीया महिलाको गएराति गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको छ । उनलाई वैशाख २३ कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो ।
स्याङ्जाकै गल्याङ ३ का ८४ वर्षीय पुरुषको गएराति चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । उनलाई वैशाख २१ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

म्याग्दीको धौलागिरी गाउँपालिका २ का ३७ वर्षीय पुरुषको सोमबार बिहान गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । उनलाई वैशाख २३ मा कोरोना देखिएको थियो ।

रुपन्देही जिल्लाको बुटवल १ का ३४ वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार बिहान फिस्टेल अस्पताल पोखरामा मृत्यु भयो । उनलाई अघिल्लो दिनमात्र कोरोना पुष्टि भएको हो ।
पर्वतको कुष्मा नगरपालिका १ का ४७ वर्षीय पुरुषको आइतबार दिउँसो धौलागिरि अस्पतालमै उपचारक्रममा मृत्यु भयो । उनलाई वैशाख २१ मा कोरोना पुष्टि भएपछि उपचारार्थ भर्ना गरिएको हो ।

तनहुँको भानु नगरपालिका १ का ६५ वर्षीय पुरुषको आइतबार दमौली अस्पतालमा मृत्यु भएको छ । उनलाई सोही दिन कोरोना भाइरस देखिएको हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ७२ वर्षीय पुरुषको कोरोना पुष्टि भएकै दिन आइतबार दिउँसो बेनी अस्पतालमा मृत्यु भयो ।
पर्वतको कुष्मा ४ का ६७ वर्षीय पुरुषको सोमबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारक्रममा मृत्यु भयो । ५ दिनअघि कोभिड–१९ पुष्टि भएका उनलाई निमोनियासमेत थियो ।

Related News

सम्बन्धित समाचार

    • अन्नपूर्णको बजेट ४२ करोड ३० लाख

      साधन राम्जाली असार ८, २०७८
      म्याग्दी  । अन्नपूर्ण गाउँपालिकाको आगामी आव २०७८/०७९ को लागि प्रस्तुत नीति, कार्यक्रम तथा बजेट पारित भएको छ । गाउँपालिका अध्यक्ष…
    • २० मन्त्री पदमुक्त

      आदर्श समाज सम्वाददाता असार ८, २०७८
      पोखरा । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय गरिदिएको छ । योसँगै प्रतितिनि सभा विघटन पछि प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त…
    • कोरोनाले पोखराको पर्यटनमा करोडौं घाटा

      विजय नेपाल असार ८, २०७८
      पोखरा । पोखरामा सबैभन्दा धेरै रुममध्येको होटल हो, स्वीस इन्टरनेशनल होटल सरोवर । लेकसाइडमा लिफ्ट सुविधासहितको यो होटल ९ तलाको…
    • कास्कीमा साढे ५७ हजारले लगाए कोरोना खोप

      धनबहादुर गुरुङ असार ८, २०७८
      पोखरा । कास्कीमा करिब साढे ५७ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय कास्कीका अनुसार जिल्लामा कुल ५७ हजार…
    • सत्ता किचलोले बजेटमा विलम्ब

      आदर्श समाज सम्वाददाता असार ७, २०७८
      पोखरा । गण्डकीमा अहिले सत्ता किचलो बढी छ । संविधानको धारा १६८ (५) अनुसार गठित कृष्णचन्द्र नेपाली पोखरेलको सरकारले जेठ…

    hero news full width

    sanil ads

    wordlink ads