नियन्त्रण बाहिर कोरोना, २४ घन्टामा १३९ को मृत्यु

आदर्श समाज सम्वाददाता
वैशाख २७, २०७८
Corona Banner

पोखरा । पछिल्लो २४ घण्टामा मुलुकभर ९ हजार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १८ हजार ४ सय ११ जनाको परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण देखिएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख नाघेको छ। कुल संख्या ४ लाख ३ हजार ७ सय ९४ पुगेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।

यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ७ जना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या ३ लाख ६ हजार ७ सय ९४ पुगेको छ।

मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु भएर पछिल्लो २४ घण्टामा विवरण प्राप्त हुनेको संख्या १ सय ३९ रहेको छ। यो हालसम्मकै उच्च संख्या हो।

अघिल्लो दिन मृत्यु भएका र मन्त्रालयको तथ्यांकमा नआएकाहरुको संख्या पनि यसमा जोडिएको छ। यो सहित कुल मृतकको संख्या ३ हजार ८ सय ५९ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९३ हजार १ सय ४१ छ।

Related News

सम्बन्धित समाचार

hero news full width