बागलुङमा थप ३४ जनालाई कोरोना संक्रमण

आदर्श समाज सम्वाददाता
वैशाख २७, २०७८
Corona Banner

बागलुङ । काेराेना भाइरसकाे नयाँ भेरिएन्ट समुदाय स्तरमा फैलिए संगै बागलुङ जिल्लामा भएको पिसिआर परिक्षणमा  सोमबार थप ३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

धौलागिरी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा बागलुङ नगरपालिका, ताराखोला गाउँपालिका र तमानखोला गाउँपालिकाका थप ३४ जनालाई संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले बताए ।

फोकलपर्सन घिमिरेले बागलुङ नगरपालिका वडा नम्बर १ का २८, ३५ र ५५ बर्षिय तीन जना पुरुष, वडा नम्बर २ का २२, ५५, १७, १६ र ३६ बर्षिय पाँच जना पुरुष र ४१ र ५५ बर्षिया दुई जना महिला, वडा नम्बर ३ का ५६, ५४, ३२, २७ र २८ वर्षीय ५ जना पुरुष र ५८ र ३६ बर्षिया दुई जना महिला, वडा नम्बर ४ का ४५ बर्षिय एक जना पुरुष, वडा नम्बर ६ का २८ बर्षिय एक जना पुरुष र वडा नम्बर ७ का ५७, ४४ बर्षिया दुई जना महिला र २७ बर्षिय एक जना पुरुषलाई संक्रमण पुष्टि भएको बताए ।

यस्तै तमानखोला गाउँपालिका वडा नम्बर ३ का ३४ बर्षिय पुरुष र २९ बर्षिया महिला, ताराखोला गाउँपालिका वडा नम्बर १ का ३१, ५० र ३५ बर्षिया तीन जना महिला, ३२, २४, ३० र ३० बर्षिय चार जना पुरुष, वडा नम्बर २ की ३५ बर्षिया एक जना महिला र वडा नम्बर ३ का १० र ३ बर्षिय दुई जना पुरुषलाई संक्रमण पुष्टि भएको फोकलपर्सन घिमिरेले बताए  ।

Related News

सम्बन्धित समाचार

hero news full width