पोखरा । कोरोना महामारीमा संक्रमितको उपचारमा सहयोग पु¥याउन पोखराका ७ रोटरी क्लबले अक्सिजन बैंक स्थापना गरेका छन् । गण्डकी अटो मेकानिकल वर्कसप एसोसिएसनको सहकार्यमा स्थापित अक्सिजन बैंकमा अक्सिजन ग्यास सिलिन्डर संकलन गरिने र पोखराका अस्पतालमा उपलब्ध गराइने छ ।
कार्यक्रम संयोजक मीनु कुँवर श्रेष्ठको अध्यक्षतामा आइतबारको बैठकले सो निर्णय गरेको हो । सोको लागि रोटरी क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष अर्जुनप्रसाद खनाललाई अक्सिजन ग्यास संकलन तथा व्यवस्थापन समिति एवं प्रचार संयोजक संयोजक तोकिएको छ ।
खनालका अनुसार विभिन्न व्यक्ति तथा कम्पनीका अक्सिजन ग्यास सिलिन्डर आइतबार देखि नै संकलन गर्न थालिएको छ ।
उनले भने, ‘अक्सिजन अभावले कसैले पनि मृत्युवरण गर्न नपरोस् भनी अभियान सुरु गरेका छौं । यदि कसैसँग सिलिन्डर छ भने पछि फिर्ता गर्ने शर्तमा उपलब्ध गराउन र अभियानमा साथ दिनु सक्नुहुनेछ ।’
पोखराका ७ रोटरीमध्ये रोटरी क्लब अफ पोखरा, रोटरी लेकसाइड, न्यूरोड, अन्नपूर्ण, फिस्टेल, मिटटाउन र लेखनाथ उक्त अभियानमा जुटेका हुन् । सोको अर्थ नियन्त्रण संयोजकमा पशुपति शर्मा, अर्थ संकलन समिति संयोजकमा रमेश कोइराला, अक्सिजन ग्यास सिलिण्डर संकलन तथा व्यवस्थापन एवं प्रचार संयोजकमा अर्जुनप्रसाद खनाल, सहयोग सामग्री संकलन तथा वितरण संयोजकमा जितेन्द्र सिग्देल छन्।
Related News
सम्बन्धित समाचार
कथा सुन्न भक्तजनको आकर्षण
पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी
प्रकट पगेनी ‘शिव’ को निधन
नयाँ वर्षमा एगाको सहयोग
दरौंखोला समाजको भित्तेपात्रो
hero news full width
मुख्य समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
वैशाख ७, २०८१गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
वैशाख ७, २०८१चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
वैशाख ७, २०८१पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
वैशाख ६, २०८१सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
वैशाख ६, २०८१