पत्रकार सुरेश रानाभाटलाई पितृशोक

आदर्श समाज सम्वाददाता
वैशाख २७, २०७८
suresh ranabhat s father

पोखरा । पत्रकार सुरेश रानाभाटलाई पितृशोक परेको छ । परिचय डटकमका प्रधान सम्पादक रानाभाटका ७४ वर्षे पिता हरिबहादुर रानाभाटको शनिबार राति तनहुँको म्याग्दे गाउँपालिका गुणादीस्थित आफ्नै निवासमा निधन भएको हो ।

उनको सेती नदीको दमौलीस्थित घाटमा आइतबार अन्तिम संस्कार गरिएको छ । पिताको पार्थिव शरीरमा जेठा छोरा सुरेशले मुखाग्नि दिएका थिए ।

जनप्रिय बहुमुखी क्याम्पसमा नेपाली र पत्रकारिताका उपप्राध्यापक सुरेशका पिता हरिबहादुरले भारतमा लामो समय मेकानिकल ओभरसियरका रुपमा काम गरेका थिए । त्यसै क्रममा भएको एउटा दुर्घटनापछि उनका खुट्टा चल्न छाडेका थिए ।

दुर्घटनाका कारण हड्डीमा नसा च्यापिएर गोडा चलाउन नसक्ने अवस्थामा उनले लामो समय गुजारेका थिए । तर अध्यात्ममा लगाव राख्ने उनले जीवनको पछिल्लो समय लेखपढ गरेर बिताए ।

Related News

सम्बन्धित समाचार

hero news full width