पद खुस्केका मन्त्री मनाङे भन्छन्ः मुभी हेरेर बसिरहेको छु, राजीनामा थाहा छैन

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०७८
dipak manange by bijay

पोखरा ।  १० दिनअघि मन्त्री बनेका  राजीव गुरुङ उर्फ दीपक मनाङेले मुख्यमन्त्रीको राजीनामा बारे आफूलाई केही थाहा नभएको बताएका छन् ।  उनी भन्छन्, ‘मैले त पहिले नै भनेको थिएँ । बरु एक दिन बढी मन्त्री भएँ ।’

उनलाई सरकार ढल्नु र उठ्नुसँग खासै चासो छैन । उनले मन्त्रीमा नियुक्त भएकै दिन पत्रकारसँग भनेका थिए, ‘यो सरकार दुई हप्तामा पनि जान सक्छ । १० दिनमा पनि जान सक्छ ।’

मनाङेले त्यतिबेला कुनै आंकलन गरेका थिए वा थिएनन्, तर उनको बोली पूरा भएको छ ।

उनले नयाँ सरकार आउँदा आफू मन्त्री नबन्ने प्रष्ट पारेका छन् । ‘मैले केहि सोचेको छैन, मुभी हेरेर बसिरहेको छु । अहिले मन्त्री बनेको मान्छे भोलि अर्कोतिर पनि जाने भन्ने हुँदैन । जे पायो त्यहि गर्न त भएन नि,’ उनले भने, ‘अब उनीहरुले राम्रोसँग चलाउँछन् । हामी आईडिया दिन्छौं । त्यति नराम्रो छैन । लामो गएको भए धेरै काम गर्न सक्थें ।’ मनाङेले आफु मन्त्री नभएपनि केहि फरक नपर्ने बताए । ‘आफ्नो काम छोड्नु हुँदैन । मन्त्री नभएर के फरक पर्छ र ? सांसद हो, काम गरिरहन्छु नि,’ मनाङेले भने ।

Related News

सम्बन्धित समाचार

hero news full width