आइसोलेसनबाटै दिएको त्यो राजीनामा

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०७८
Gandaki cm ps gurung (3)

पोखरा । गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज राजीनामा दिँदैछन् भन्ने गाइँगुइँ बिहानैदेखि चलेको थियो ।

मुख्यमन्त्री कार्यालयका कर्मचारीहरु उसैगरी अलर्टमा थिए ।

प्रदेश प्रमुखको कार्यालयका कर्मचारीहरुलाई पनि त्यसै अनुसारको निर्देशन आएको थियो ।

भोलि सदनमा हुने मतदानमा अविश्वास प्रस्तावको पक्षमा नै बहुमत आउने निश्चित नै भएपछि मुख्यमन्त्रीले अब कसरी अगाडि बढ्ने भनेर बिहानैदेखि सल्लाह गरिरहेका थिए ।

कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेका उनी शनिबार अलि थकित थिए । पखाला समेत लागेकाले चिकित्सकको टोली नै बोलाएर परीक्षण गर्नु परेको थियो ।

कोरानाले जिउ गलाए पनि राजनीतिक सरगर्मीले उनलाई आराम गर्न भने दिएन । क्याबिनेटका सदस्यहरु नजिकै राखेर सल्लाह गर्ने माहोल पनि छैन । अर्को कुरा उनको क्याबिनेटका सदस्यलाई सत्ता टिकाउन खेल्नु पर्ने कदमबारे त्यति ज्ञान नै छैन जस्तो भइरहेको छ । न त उनका राजनीतिक सल्लाहकारलाई नै यसबारेमा उति चासो नै छ ।

भित्री लेखन लगायतका काममा नीति तथा योजना आयोगका उपाध्यक्ष गिरिधारि शर्मा पौडेलले सहयोग गरे ।

कानुनी परामर्श र राजनीतिक सल्लाहमा मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरे मेहनतका साथ लागे । सम्बन्ध विस्तारमा व्यस्त रहने प्रेस संयोजक र उनका पिए सूर्य गुरुङ समेत कोरोनाले आइसोलेसनमा पुगेपछि मुख्यमन्त्री अलि सहयोग विहीनजस्तै भएका थिए । पिएसओ र कार्यालय सहयोगीसमेत अहिले कोरोनाले आइसोलेसनमा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width