विपक्षी दलका नेता नेपाली भन्छन्ः हामी बहुमत लिएर जान्छौं

आदर्श समाज सम्वाददाता
वैशाख २६, २०७८
krishna chandra nepali

कृष्णचन्द्र नेपाली

पोखरा । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि विपक्षी दलहरु सरकार गठनको आन्तरिक गृहकार्यमा जुटेका छन् ।

कांग्रेस, माओवादी र जसपाका २८ सांसदले मुख्यमन्त्री विरुद्ध अविश्वास प्रश्ताव दर्ता गराएका थिए ।

मुख्यमन्त्री अविश्वास प्रश्तावमा मतदान हुनुभन्दा अघिल्लो दिन राजीनामा दिएर बाटो खोलिदिएपछि नयाँ सरकारको चाँजोपाँजो मिलाउन थालिएको छ ।

अहिले विपक्षी गठनबन्धन पोखराकै एक होटलमा बसेर गृहकार्य गरिरहेका छन् ।

विपक्षी दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल तोकिएकै मितिभित्र नयाँ सरकार गठनका लागि हस्ताक्षर बुझाउने बताउँछन् ।

‘तोकिएको मितिमै सरकार बन्छ । हामी आन्तरिक गृहकार्यमा छौं,’ उनले भने, ‘भोलि विहानै हुन पनि सक्छ । पर्सीसम्म जान पनि सक्छ ।’

उनले मुख्यमन्त्रीले पहिले नै राजीनामा दिनुपर्नेमा आफु पराजीत हुनेपछि फरक बाटो अपनाएको तर्क गरे । ‘अल्पमतमा पहिले नै पर्नुभएको हो ।

तथापि विश्वास लिन सक्छु कि भन्ने भ्रम थियो,’ उनले भने, ‘अब सरकार रहँदैन, विपक्षीहरुको बहुमत पुग्यो भन्ने भएपछि राजीनामा दिनुभयो ।’ उनले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन हुने दावी गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width